सामाजिक सञ्जालको प्रयोग बढ्दो

मनोरञ्जन विशेष समाचार समाचार

मुना मुसिख्वाल
भक्तपुर, ९ साउन


आजकल सामाजिक सञ्जाल प्रयोगकर्ताको सङख्या बढ्दै गएको छ । बच्चादेखि बृद्धसम्म यसको लत लागिसकेको छ । सामाजिक सञ्जाल मार्पmत नै समाजमा विभिन्न अपराधिक कार्यहरु बढेको छ । समाजमा नयाँ नयाँ तरिकाका घटनाहरु बढन थालेका छन् । सामाजिक सञ्जालको सकारात्मक प्रयोग हुदाहुदै पनि यसको दुरुपयोग हुन थालेकाले यसलाई विभिन्न देशमा प्रतिबन्धित गरिएको छ । समाजिक सञ्जालले गर्दा मानिसहरु समय कटाउन प्रयोग गर्ने कुरामा दुईमत नहोला । सामाजिक सञ्जालको उचित प्रयोगले मानिसले विभिन्न नयाँ ज्ञान गुनका कुराहरु सिक्ने अवसर पाएका छन् । विना काममा घण्टौं सम्म पनि सामाजिक सञ्जालको प्रयोग गनर्् भनेको समयको नाश गर्नु हो । त्यसैले सामाजिक सञ्जालको उचित प्रयोग गरि ज्ञान हासिल गर्न प्रेरित हुनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *