आर्थिक बर्षको पहिलो दिन नेपाल स्टक एक्स्चेन्ज परिसुचक ३२ अंकले वृद्धि

अर्थ/वाणिज्य समाचार

न्यूज अपडेट

काठमाडाैं, २ साउन

बिहीबार अर्थात आर्थिक बर्ष २०७७/७८ को पहिलो दिननेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसुचक ३२ अंकले उकालो लागेको छ ।

बिहीबार बिहानैदेखि उकालो लागेको नेप्से परिसुचक कारोबारको अन्तिम समयमा ३२ दशमलव ४२ अंकले बढ्दै १३ सय ९४ विन्दुमा आएर रोकिएको हो । बिहीबार नेप्से ३२ अंकले बढ्दा बजारका सबै समुहको परिसुचकमा हरियाली छाएको छ । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचकमा उछाल आएको छ । बिहीबार जिवन बीमा समुहको परिसुचक १ सय ३१ अंकले बढ्द निर्जिवन बीमा समुहको परिसुचकमा ७९ अंकको वृद्धि भएको छ ।

यस्तै बिहीबार विकास बैंक समुहको परिसुचकमा ६० अंकको वृद्धि आउँदा उत्पादनमुल समुहको परिसुचकमो ४५ अंकको सुधार आएको छ । यस्तै बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक पनि ४० अंकले वृद्धि भएको छ । साथै होटल समुहको परिसुचकमा बिहीबार १२ अंकको वृद्धि हुँदा फाईनान्स समुहको परिसुचक १६ अंकले उकालो लागेको छ । लगातार बढिरहेको नेप्सेमा बिहीबार विभिन्न १ सय ८० कम्पनीका २९ लाख १४ हजार ५ सय १८ कित्ता सेयर किनबेच भएका छन् । बिहीबार १ अर्ब ४ करोड १७ लाख ७० हजार ८ सय ६७ रुपैयाँको सेयर कारोबार भएको छ । आजस बजारमा ८ ओटा कम्पनीको सेयरमूल्य ८ प्रतिशत बढीले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *