न्यूज अपडेट
काठमाडाैं, २ साउन

;~rf/dGqL vltj8f
;~rf/ tyf ;”rgf k|ljlw Pjd cy{dGqL 8f o’j/fh vltj8f cGt/jftf{sf qmddf /f;;sdL{;Fu s’/f ub}{ . tl:a/ Mk|bLk/fh jGt÷/f;;
आन्तरिक राजस्व विभागले २० लाख भन्दा कम कारोबार गर्ने र २ लाखसम्मको आम्दानी गर्ने करदाताका लागि बिहीवारदेखि शुरु गरेको नयाँ कर प्रणालीको शुरुवात गरेको छ । नयाँ प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न आन्तरिक राजस्व विभागका कर्मचारीहरुलाई निर्देशन दिए । अर्थमन्त्री खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिँदै जबसम्म प्रविधि, कानून र सुशासनका कारणले करदाता मैत्री वातावरण निर्माण गर्न सकिदैन तबसम्म करदाताले अपमानित महसुस गर्ने भएकाले करदातालाई गरिने व्यवहारमा सुधार ल्याउन आग्रह गरे । उनले बिहीवारदेखि लागू भएको नयाँ कर प्रणालीमा करका अंक, ब्याज र जरिवाना सफ्टवेरले नै गणना गर्ने भएकाले कर अधिकृतले स्वविवेकले करका अंकहरु गणना गर्ने अवस्थाको अन्त्य भएको बताए । यस्तै करको रकम यकिन भइसकेपछि पनि कर बुझाउन निकै लामो झण्झटिलो प्रक्रियामा जानुपर्ने अवस्थाको पनि अन्त्य भएको अर्थमन्त्री खतिवडाले बताए ।
अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले बिहीवारदेखि लागू भएको कर प्रणालीले साना करदाताको लागत घटाउन सहयोग पुग्ने बताए । नयाँ प्रणालीले करिब ५ लाख करदाता लाभान्वित हुने उनले बताए । यसबाट करदाताको सहभागिता बढाउन सहयोग पुग्ने विश्वास पुडासैनीले गरे । आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले आन्तरिक राजस्व विभागका सबै कारोबारलाई प्रविधि मैत्री बनाउने धेयका साथ काम गरिएको बताए । बिहीवारदेखि लागू भएको प्रणालीले करिब ५ लाख करदातालाई कर कार्यालय नगईकन कर बुझाउन सक्ने व्यवस्था भएको बताए । उनले चालु आर्थिक वर्षको बजेटले परिवर्तन गरेका आयकरका विषयहरुलाई समावेश गरी आयकर निर्देशिका बिहीवारदेखि नै लागू गरिएको पनि जानकारी गराए ।
बायोमेट्रिक प्रणाली र विभिन्न जिल्लामा १० वटा नयाँ करदाता कार्यालयको सञ्चालन पनि शुरु गरिएको कुँवरले बताए । सबै व्यवसायिक कोडलाई व्यवस्थित गर्ने नेपाल स्टाण्डर्ड इन्डष्ट्रियल क्लासिफिकेशन (एनएसआईसी) लागू भएको उनले बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नागरिक एपसँग समन्वय गरी बिहीवारदेखि विद्युतिय माध्यमबाट करदाता कार्यालयमा नगईकन व्यक्तिगत प्यान नम्बर लिन सकिने व्यवस्था मिलाईएको पनि कुँवरले बताए । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत २० लाख भन्दा कम कारोबार गर्ने र दुई लाखसम्म आय हुनेहरुका लागि कर चुक्ता गर्न नयाँ प्रणालीको विकास गरिने व्यवस्था गरिएको थियो । सोही व्यवस्था अनुसार आन्तरिक राजस्व विभागले बिहीवारदेखि नै नयाँ कर प्रणालीलाई कार्यान्वयनमा ल्याएको हो ।