देशभर १७३४४ कोरोना संक्रमित, कुन जिल्लामा कति?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २ साउन

बिहीबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ। पछिल्लो २४ घन्टामा मात्र १ सय ६७ नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म २९ वटा जिल्लामा २ सय बढी संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै संक्रमित रौतहटमा छन्। रौतहटमा मात्रै १ हजार ४ सय ९५ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

कैलालीमा ९४१, दैलेखमा ८३२, महोत्तरीमा ७८२, कपिलवस्तुमा ७६५, सर्लाहीमा ७०६, दाङमा ६५६, अछाममा ६४५, बाजुरामा ६१६, धनुषामा ५९६, डोटीमा ५७८, पाल्पामा ५६१, सुर्खेतमा ५४२, कञ्चनपुरमा ४६२, रुपन्देहीमा ३२३ लगायत रहेका छन्।

१९ वटा जिल्लामा करिब २ सय जना संक्रमित छ भने २९ जिल्लामा ५० भन्दा कम संक्रमित रहेका छन् ।

कुन जिल्लामा कति संक्रमित भेटिए?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला 

रौतहट – १४९५
कैलाली – ९४१
दैलेख – ८३२
कपिलवस्तु – ७६५
महोत्तरी – ७८२
सर्लाही – ७०६
दाङ – ६५६
अछाम – ६४५
बाजुरा – ६१६
डोटी – ५७८
पाल्पा – ५६१
धनुषा – ५९६
कञ्चनपुर – ४६२
सुर्खेत – ५४२
रुपन्देही – ३२३
बाँके – ३९४
गुल्मी – ३६०
डडेल्धुरा – २९२
अर्घाखाँची – ३४२
झापा – ३०७
सप्तरी – ३३५
प्युठान – ३३२
बैतडी – २७६
नवलपरासी पूर्व – ३२१
सल्यान – २५०
सिरहा – २४२
काठमाडौं – २४५
स्याङजा – २१०
बागलुङ – २२५

५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
पर्सा – १७२
बर्दिया – १९९
मोरङ – १९७
बारा – १३०
धादिङ – १३८
सुनसरी – १११
नवलपरासी पश्चिम – ११४
तनहुँ – १६६
उदयपुर – ८२
गोरखा – ११८
पर्वत – ९५
बझाङ – १७०
चितवन – ११३
कास्की – ८९
कालिकोट – ६१
सिन्धुपाल्चोक – ६५
लमजुङ – ७०
ललितपुर – ७६
रोल्पा – ५३

१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
जुम्ला – ४८
रामेछाप – ३५
मकवानपुर – ३४
दार्चुला – २०
नुवाकोट – २८
जाजरकोट – १९
सिन्धुली – २०
धनकुटा – १२
भक्तपुर – ४५
भोजपुर – ६
म्याग्दी – ३७
ताप्लेजुङ – १२
रुकुम पूर्व – ५
तेह्रथुम – ५
पाँचथर – ७
दोलखा – १०
संखुवासभा – ६
इलाम – २६
हुम्ला – २
मुगु – ८
डोल्पा – ५
रुकुम पश्चिम – ३४
सोलुखुम्बु – २
खोटाङ – १४
मनाङ – १
काभ्रेपलाञ्चोक – १९
मुस्ताङ – १
ओखलढुंगा – २२
रसुवा – ११

Leave a Reply

Your email address will not be published. Required fields are marked *