निजी स्कुलमा साउन १ देखि अनलाइन कक्षा बन्द, शिक्षकलाई बेतलवी घर विदा

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट

काठमाडाैं, ३१ असार

निजी विद्यालयहरुले साउन १ देखि अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् ।

आफूहरुले उठाएको सम्बोधन नभएको भन्दै प्याब्सन र एन–प्याब्सनले बैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्न र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेका हुन् ।

अब भौतिक रुपमा विद्यालय सञ्चालनको अनुमति पश्चात मात्र विद्यालय प्रशासन खुला गर्ने दुबै संगठनले बताएका छन् । साथै शिक्षक र कर्मचारीको तलबलगायतका सुविधा विद्यालय सञ्चालन भएर आम्दानी सुनिश्चित भएपछि क्रमशः उपलब्ध गराउने निजी विद्यालयहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *