काठमाडौंमा बुधबार भेटिए थप ७ जना कोरोना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३१ असार

बुधबार काठमाडौंमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ७ जना संक्रमित थपिएको जानकारी दिएका हुन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ र त्रिवि शिक्षण अस्पतालमा १ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो।

काठमाडौं उपत्यकासहित पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। योसँगै संक्रमितको संख्या १७ हजार १  सय ७७  पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ६सय ९७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसहित डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *