भारतमा पाँच सय सात कोरोना संक्रमितको मृत्यु 

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भारतमा पाँच सय सात कोरोना संक्रमितको मृत्यु 

छिमेकी मुलुक भारतमा कोराना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । स्वास्थ्य मन्त्रालयले भारतका विभिन्न स्थानमा गरी पाँच सय सात जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १२ हजार नौ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको दक्षिण एशिया क्षेत्रीय निर्देशक डा‍. पुनम खेत्रपाल सिंहले हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा भारतले समयमै रोकथामका लागि आक्रामक ढंगले काम गरेका कारण संक्रमण फैलिन नपाएको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *