पछिल्लो २४ घण्टामा १५६ संक्रमित थपिए, ७० जना डिस्चार्ज 

विशेष समाचार समाचार स्वास्थ्य

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ६ सय ६५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार २ सय ९९ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ४ हजार ४ सय १६ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५६ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ५६ हजार ३ सय पुगेको छ। गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। तर गत २४ घण्टामा चार जनाको मृत्यु भएको तथ्यांक मन्त्रालयले प्राप्त गरेको छ। नेपालमा कुल संक्रमित मृतकको संख्या ३ हजार २४ छ। हाल ५२ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ७० जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ जना पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *