मेयर प्रजापतिद्धारा तीनवटा पाटी एकैसाथ उद्घाटन

कला/साहित्य समाचार

न्यूज अपडेट
भक्तपुर, २८ असार


भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले नगरपालिकाको आर्थिक सहयोगमा तयार पारिएका वाकुपति चाँगुनारायण परिसरमा रहेको तीनवटा सतल पाटी, ढुंगेधाराको एकै साथ अनावरण गरे । समारोहमा श्री प्रजापतिले आफ्नै जीवनमा स्वर्गीय आनन्द प्राप्तिका लागि त्याग भने तपश्या र बलिदानको आवश्यकता रहेको बताउदै भक्तपुरका १०५ वटा सम्पदा पुनः निर्माण कार्य सम्पन्न भएको बताए । कार्यक्रममा उनले ९९ चोक, ९९ रोपनी जग्गा र जनताको जीवन सुरक्षाको लागि नै नगरपालिका लागिपरेको बताए । कार्यक्रममा उनले छोटो समयमै उपभोक्ता समितिले काम सम्पन्न गरेकोमा धन्यबाद ज्ञापन गरे ।
भक्तपुर नगरपालिका ९ वडाका वडा अध्यक्ष रविन्द्र ज्याख्वःले टोल टोलमा आदर निकेतनको ब्यवस्था गर्न लागेको बताउदै मन्दिर परिसर वरपर बस्दा आनन्दको महसुस हुने भएकाले वाकुपति नारायण मन्दिरलाई त्यस्तै आदर निकेतनको रुपमा विकास गर्नुपर्ने धारणा अगाडि सारे । सो कार्यक्रममा नेमकिपा ९ वडा समितिका प्रतिनिधि विष्णुभक्त कुसीले नेमकिपा भएकाले भक्तपुरमा चाँडो विकास निर्माणको कार्यहरु अगाडि बढेको बताए । कार्यक्रममा उपभोक्ता समितिका सदस्य लक्ष्मी प्रसाद प्रजापतिले स्वागत गरेकाे थियो । हाल वाकुपति नारायण मन्दिरको छाना सुनले छाउने कार्य धमाधम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *