सूर्य ज्योति लाइफ इन्स्योरेन्सले गरे मृत्यु दावी भुक्तानी

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
भक्तपुर, १७ जेठ


भक्तपुर देकोचास्थित सुवोध श्रेष्ठलाई सूर्य ज्योति लाइफ इन्स्योरेन्सले जेठ ११ गते शुक्रबार कम्पनीका साविक सूर्यविनायक शाखा हाल चापागाउँ शाखा प्रमुख नन्द कुमार दथेपुथेबाट मृत्यु दावी रकम भुक्तानी गरेको छ ।

मृतक सुवोध श्रेष्ठकै घर पुगी निजका इच्छाएको व्यक्ति श्रीमती नाता पर्ने सावित्री श्रेष्ठलाई मृतकको भिनाजु नाता पर्ने रामभक्त श्रेष्ठको उपस्थितिमा जीवन बिमा बापत १० लाखको विमांक र बोनससहित १२ लाख ९० हजार ६ सय ६६ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

यसको प्रभावले गर्दा राम भक्त श्रेष्ठले विमा सबैले गर्नैपर्ने बताएको छ । उनले अहिलेको अवस्थामा आफ्नो आय अनुसारको जीवन विमा गर्नुपर्ने दर्शाएको छ ।
यस आर्थिक वर्षमा चापागाउँ शाखाबाट मात्र पाँच जनाको जीवन बिमा भुक्तानी गरिसकेको शाखा प्रमुख दथेपुथेले बताएको छ । उनले कोही पनि विमित व्यक्तिको बिमा दावी गरेमा सहज रुपमा घरदैलोसम्म पुगेर विमा दावी भुक्तानी गरिरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *