चितवन उद्योग संघमा पौडेल

अर्थ/वाणिज्य पर्यटन समाचार

चितवन, २० पुस


चितवन उद्योग संघको २८औ वार्षिक साधारणसभा एवं १५औं अधिवेशनले राजु पौडेलको नेतृत्वसहितको कार्य समितिलाई निर्विरोध निर्वाचित गरेको छ ।
संघले शनिबार भरतपुरमा भएको समारोहबाट उनीहरुलाई निर्वाचित गरेको हो । हाललाई संघले २७ सदस्यीय कार्यसमिति चयन गरेको छ । संघका नवनिर्वाचित उपाध्यक्षमा त्रिलोचन कंडेल, सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी युगराज वस्ती चयन भएका छन ।
निर्वाचित संघका सदस्यहरुमा प्रतिभा श्रेष्ठ, प्रकाशचन्द्र भट्टराई, टंकप्रसाद उप्रेती, भोजराज खनाल, अम्बरबहादुर अधिकारी, मदन चिरञ्जीवी पोखरेल रहेका छन् ।
यस्तै अन्य सदस्यहरुमा विष्णुप्रसाद पौडेल, ताराबहादुर कार्की, जितबहादुर हमाल, गोपालप्रसाद गैरे रहेका छन । यस्तै सदस्यहरुमा डाक्टर प्रमोद लामिछाने, हरिप्रसाद भट्ट, दिनुपकुमार बराल, टिकादत्त अधिकारी, दण्डपाणी भट्ट, महेन्द्रबहादुर बांँनिया चयन भएका छन् । यस्तै अन्य सदस्यहरुमा पुरुषोत्तम रिजाल, रामचन्द्र अधिकारी, सुधा सुवेदी पौडेल र अमर घिमिरे चयन रहेका छन । शनिवार नै उनीहरुलाई सपथ ग्रहण गराइएको छ । संघको विधान अनुसार नै निवर्तमान वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेको छ । केही दिनमा दुई जना सदस्य नयाँ कार्यसमितिले मनोनित गर्नेछ भने निवर्तमान अध्यक्ष र कार्यकारी निर्देशक पदेन सदस्य रहने व्यवस्था छ । यो संँगै ३१ सदस्यीय कार्यसमितिले पूर्णता पाउने बताइएको छ ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले चितवनलाई औद्योगिक शहरमा विकसित गर्न शक्तिखोर औद्योगिक क्षेत्र, सौराहामा गल्फकोर्ट, नारायणी र राप्ती नदीमा रिसोर्ट, जलपर्यटनको लागि सरकारसँग पहल भइरहेको बताए । अर्थतन्त्र कमजोर भए देशमा समृद्धि नआउने भन्दै उनले उद्योगी व्यवसायीले पूर्वाधारसंँगै उत्पादनलाई जोड्नुपर्ने बताए । काम गर्ने उद्योगी व्यवसायीलाई सरकारले सम्मान वातावरण बनाउनुपर्ने भन्दै उनले सरकारलाई बलियो बनाउन पनि उद्योगी व्यवसायीको भूमिका उत्तिकै महत्वपूर्ण रहने बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतीसकुमार मोरले पछिल्लो समय अर्थतन्त्र सुधारोन्मुख भएपनि यसले चाहेजति गतिलिन नसकेको बताए । अझैपनि उद्योगी व्यवसायीले अनेकौ समस्या भोग्नुपरेको भन्दै उनले विश्वासको वातावरण तय हुनुपर्ने बताए । उद्योग विस्तारको लागि पर्याप्त भूमिको समस्या रहेको भन्दै उनले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए । मझौला तथा साना उद्योगलाई ठूलो उद्योगसंग जोड्न सकियो भने दिगो औद्योगिक विकासमा योगदान पुग्ने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष राजु पौडेलले उद्योगी व्यवसायी अझैपनि व्याजदरबाट पीडित भएको भन्दै यसलाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिए । उद्योगी व्यवसायीबीच एकअर्काप्रति सहयोग भावना हुनुपर्ने बताउंँदै उनले आगामी दिन नयांँ कार्यसमितिसंँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

चार विभिन्न क्षेत्रका सम्मानित
संघले आफ्नो २८औं साधारणसभा एवं १५औ अधिवेशनको अवसर पारेर विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानित गरेको छ । सम्मानित हुनेहरुमा सक्रिय उद्यमी एवं कालिका वडा नम्बर २ की कल्पना आचार्य र पत्रकार महासंघ, चितवन, नेपाल बार एशोसियसन, चितवन र औद्योगिक सुरक्षा गुल्म २३, चितवन रहेका छन् । उनीहरुलाई उद्योग क्षेत्रको विकास र प्रवर् टेवा पुर्‍याएको भन्दै सम्मान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *