असार २० गते शनिबारको राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, २० असार

मिति २०७७ साल आषाढ २० गते । शनिबार । ईश्वी सन् २०२० जुलाई ०४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि– चतुर्दशी,१४ घडी ५७ पला,बिहान ११ बजेर १३ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र– मूल,४६ घडी ३१ पला,बेलुकी ११ बजेर ५१ मिनेट उप्रान्त पूर्वाषाढा । योग– ब्रम्ह,५२ घडी ०२ पला,रातको ०२ बजेर ०३ मिनेट उप्रान्त ऐन्द्र । करण– वणिज,बिहान ११ बजेर १३ मिनेट उप्रान्त भद्रा,बेलुकी १० बजेर ३५ मिनेट उप्रान्त बव । आनन्दादिमा–गद योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय ०५ बजेर १४ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी २८ पला । विश्व सहकारी दिवस । पूर्णिमा व्रत।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ): आफन्त तथा घर परिवारका मानिस सँग रमाईलो जमघटमा सामेल हुँन पाईनेछ भने मिठा मिठा परिकारका साथ रमाईलो गर्दै दिनलाई रङगिन बनाउँन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने एक अर्काका राय सल्लाह मान्दै अगाडि बढ्न सक्दा गन्तब्य पहिल्याउँन सहज हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो): सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा): पारिवारिक माहोलमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । पढाई लेखाईमा थोरै समय दिदापनि उत्कृष्ट नतिजा हात लाग्नेछ । नोकरिमा पदोन्नति तथा अनुकुल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । प्रतिभाको उच्च मुल्याङकन हुनेछ भने सामाजिक रुपमा ख्याति बढ्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो): मुद्दा मामिला तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति गर्न सकिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे): तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् भने नयाँ प्रविधिको प्रयोग मार्फत खोजिमुलक काम गर्न सकिनेछ । चिठ्ठा तथा उपहार प्राप्तीको गतिलो सम्भावना रहेकोछ भने माया प्रेममा निजिक भई भावना साटासाट गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो): खर्च बढ्ने तथा उपलब्धि हात नलाग्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा मन नजाद अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तबाट टाडिएरु लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानि गर्न सकिनेछ । घर जग्गा तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते): छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाईदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था बनाउन व्यापार व्यावसायमा समय दिनुहोला । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू): अध्ययनमा तपाईले दिएको समयबाट भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँनाले बोलैरै राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा जीवन सथिको सहयोगले अगाडि बढ्न मद्दत गर्नेछ । पारिवारिक तथा सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे): आफन्त तथा घर परिवारका माानिसबाट सहयोग तथा समय अनुकुल सल्लाह पाईने हुँदा काम गर्न सहज हुनेछ । प्रणय सम्बन्धको बिकास हुनेछ भने साथिभाई सँगको सम्बन्धमा आत्मियता बढ्नेछ । पढाई लेखाईलाई समय अनुकुल अगाडि बढाई नतिजा हात प्रार्न सकिनेछ । बिभिन्न मानव निर्मित स्रोत साधनको उपयोग मार्फत आर्थिक स्थिति सुदृड बनाउँन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): कमर्शियल निर्णयहरु आजको दिन धाति राख्नु होला किनकी व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेको छ । साना तिना कामका अल्झनु पर्दा अध्ययन तथा अध्यापनमा समय दिन सकिने छैन । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखा पर्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला तपाईको यात्रा कष्टपुर्ण हुन सक्छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा): थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । छोटो समय लगाएर गरिएको प्रयासबाट सार्थक तथा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । सरकारि साधन तथा प्राकृतिक स्रोतको प्रयोेग मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुजनहरु खुसि रहनेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): कामकै सन्द्रर्भमा समाजका बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा सोचेजस्तो नतिजा हात लाग्ने हुँनाले घर परिवार तथा आफन्तहरु खुसि हुनेछन् । राजनिति तथा समाजसेवामा जनताको साथ रहने हुँनाले काम गर्न सहज हुनेछ । माया प्रेममा रमाउँने चाहनेहरुका लागि समयले साथ दिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *