कोरोना अपडेट : मृतकको संख्या ५ लाख २० हजार, के छ सार्क राष्ट्रको अवस्था?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १९ असार

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ८ लाख नाघेको छ। शुक्रबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ८ लाख ४२ हजार ४ सय १६ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामा संक्रमितको संख्या २७ लाख ३५ हजार ५ सय ५४ पुगेको छ। त्यस्तै  ब्राजिलमा १४ लाख ९६ हजार ८ सय ५८, रुसमा ६ लाख ६० हजार २ सय ३१ र भारतमा ६ लाख ४ हजार ६ सय ४१ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ५ लाख २० हजार नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ५ लाख २० हजार ७ सय ८१ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा १ लाख २८ हजार ६ सय ८४, ब्राजिलमा ६१ हजार ८ सय ८४, बेलायतमा ४४ हजार ८०, इटालीमा ३४ हजार ८ सय १८ जनाको मृत्यु भएको छ।

विश्वभर ५७ लाख २४ हजार ७ सय ४२ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।

शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ९ लाख ५७ हजार ६ सय ९२, अमेरिकामा ७ लाख ८१ हजार ९ सय ७०, रुसमा ४ लाख २८ हजार २ सय ७६ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि १४ हजार ५ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ५ हजार ३ सय २० जना संक्रमणमुक्त भएका छन् भने ३१ जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या  ६ लाख ४ हजार ६ सय ४१ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १७ हजार ८ सय ३४ पुगेको छ। भारतमा हालसम्म ३ लाख ५९ हजार ८ सय ६० संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म २ लाख १७ हजार ८ सय ९ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ४ हजार ४ सय ७३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म १ लाख ४ हजार ६ सय ९४ जना उपचारपछि निको भएका छन्।

श्रीलंकामा संक्रमितको संख्या २ हजार ६६ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या १ हजार ८ सय २७ छ।

बंगलादेशमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार २ सय ७७ पुगेको छ। बंगलादेशमा हालसम्म १ हजार ९ सय २६ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ६६ हजार ४ सय ४२ छ।

अफगानिस्तानमा संक्रमितको संख्या ३२ हजार २२ पुगेको छ। अफगानिस्तानमा ८ सय ७ जनाको मृत्यु भइसकेको छ भने १६ हजार ४१ जना उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या ७७ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ५० छ।

माल्दिभ्समा संक्रमितको संख्या २ हजार ४ सय रहको छ। मृत्यु हुनेको संख्या १० छ भने उपचारपछि निको हुनेको संख्या १ हजार ९ सय ६९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *