श्री राधा माधव समिति नेपालद्वारा वृक्षरोपण र जनसेवा कार्यक्रम

समाचार

न्यूज अपडेट

भक्तपुर, १९ असार


श्री राधा माधव समिति नेपाल र यस सम्वन्ध डिभाईन युथ क्लव नेपालद्वारा स्वामी श्री हरिदासजीले यस युगका पन्चम मूल जगद्गुरु श्री कृपालुजी महाराज प्रदत्त श्री राधाकृष्ण भक्ति सम्वन्धी दुर्लभ तत्वज्ञान नेपाली भाषामा प्रवचन दिन आरम्भ गरेको १२ औ वर्ष प्रवेशको उपलक्ष्यमा वृक्षरोपण तथा जनसेवाका विविध कार्यक्रमको आयोजना गरिएको छ । यसै क्रममा डिभाईन युथ क्लव मकवानपुरको आयोजनामा जगतगुरुत्तम समाधी मन्दिर रहेको हेटौंडा उपमहानगरपालिका १७ जुरेथुम पर्यटकीय केन्द्रमा २५० वटा फूलका विरुवा रोपिएको छ । यसैगरी श्री राधा माधव समिति अन्तर्गत श्यामा श्याम सत्संग केन्द्र पोखरा र डिभाईन युथ क्लव नेपाल कास्कीद्वारा पोखरा महानगरपालिका १६ घोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रित जनका लागि आवश्यक खाद्य सामाग्री वितरण आश्रमका सामाजिक अभियन्ता.सम्झना वर्तौलालाई हस्तान्तरण गरिएको छ । श्री राधा माधव समिति विर्तामोड झापा सत्संग केन्द्र र डिभाईन युथ क्लव नेपाल विर्तामोड झापाद्वारा कनकाई नगरपालिका १ स्थित सुस्त मनस्थिति सरोकार समाज नेपालका लागि आवश्यक दैेनिक उपभोग्य सामाग्री समाजका अध्यक्ष भागीरथ चापागांईलाई हस्तान्तरण गरिएको छ ।
स्मरण रहोस् ,श्री राधा माधव समिति नेपालको संस्थापन तथा विस्तारमा महत्वपूर्ण योगदान पु¥याएका स्वामी श्री हरिदासजीलाई जगद्गुरु श्री कृपालुजी महाराजले वि.सं.२०६५ साल असोज १५ गते दिव्य पीत वस्त्र प्रदान गरी एकमात्र नेपाली प्रचारकको जिम्मेवारी सुम्पीएको थियो । गुरु आज्ञालाई शीरोधार्य गर्दै स्वामीजीले ०६६ साल असार १२ गतेदेखि श्यामा श्याम धाम ठिमीबाट प्रचार यात्रा आरम्भ गरेकोमा स्वामीज्यूको सरल, सरस, वोधगम्य एवं सारपूर्ण प्रवचनबाट विश्वभरका लाखौंका संख्यामा नेपाली भाषी भगवत्प्रेमानुरागी मुमुक्षुजन लाभान्वित भईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *