भक्तपुर बचतमा १० दिने विशेष फोटोग्राफी तालिमको समापन

अर्थ/वाणिज्य कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २ असोज
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा भदौ २३ गतेदेखि सञ्चालनमा रहेको विशेष फोटोग्राफी तालिमको मंगलबार समापन भएको छ ।

कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार राम प्रसाद प्रजापतिले तालिमबाट सिकेका ज्ञानको अनूचित प्रयोग नहुने बताए । उनले साइबर कानुनको विषयमा स्पष्ट पार्दै गोप्य, ऐतिहासिक सम्पदा र सुरक्षा खतरा भएका ठाउँमा फोटो खिच्न मनाही गरेको बताए । साथै ड्रोन उदाउनु परेमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने उनको भनाइ छ ।


संस्थाका अध्यक्ष निर्मल प्रजापतिले एउटै दृष्यको विभिन्न कोणबाट फोटो खिच्दा त्यसको अर्थ पनि फरक हुने भएकाले सामाजिक रुपमा सकारात्मक प्रभाव पर्ने खालबाट सूचनाको स्वस्थ सम्प्रेशन गर्नुपर्नेमा जोड दिए । उनले गत आर्थिक वर्षमा मात्र संस्थाले एक हजार सात सय ६५ जनालाई विभिन्न तालिम प्रदान गरिसकेको जानकारी दिँदै तालिम लिएकाहरुले आ–आफ्नो क्षेत्रमा व्यावसायिक प्रयोग गरिराखेको बताए । एक लाख २० हजार रुपैयाँ शेयर पूजीबाट हालको वासलात ४ अर्ब २० करोड पु¥याउन सक्नु आर्थिकसँगै सामाजिक दायित्वमा आधारित विविध गतिविधिकै कारण भएको उनले स्पष्ट पारे । संस्थाले समाज र व्यक्तिलाई आत्मनिर्भर बनाउन नै यस्तो तालिम प्रदान गरेको औंल्याउँदै सामुदायिक भावना र सहकार्यबाटै सहकारी अघि बढ्ने उनले बताए ।


आयोजक समितिका संयोजक कृष्णश्वरी दुवालले सही समयमा सही निर्णय लिन सके मात्र जीवन अघि बढाउन सक्ने बताए । साथै उनले तालिमबाट प्राप्त ज्ञान, सीपलाई आफ्नो जीवनमा सही रुपमा प्रयोग गर्नुपर्ने बताए ।


तालिमका प्रशिक्षक शरद राईले साइबर अपराधलाई विशेष ध्यान दिई अनलाईन प्लेटफर्मलाई भरपूर उपयोग गर्नुपर्ने बताए । भक्तपुरलाई फोटोग्राफीको राजधानी बनाउन आपूm लागिपरेको बताउँदै उनले भक्तपुर बचतले विभिन्न तालिम प्रदान गरिरहेको बताए ।
कार्यक्रममा आयोजक समितिका सदस्य विकल कोजू, प्रशिक्षार्थीद्वय अनिल फोंजू र प्रकृति बैद्यले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *