भारतमा एकै दिन १ सय ९९ जनाको मृत्यु, संक्रमित संख्या आधा लाख नजिक

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

एजेन्सी, २४ बैशाख
भारतमा एकै दिन १ सय ९९ जनाको मृत्यु, संक्रमित संख्या आधा लाख नजिक

एकै दिन १ सय ९९ जनाले ज्यान गुमाएपछि भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय ८८ पुगेको छ। एक दिनमा थप २ हजार ८ सय १ जना संक्रमित पहिचान भएको छ भारतमा। यससँगै भारतमा कोरोना संक्रमितको संख्या आधा लाखको नजिक पुगेको छ। अहिलेसम्म पहिचान भएका संक्रमितको संख्या ४९ हजार ३ सय ३३ पुगेको छ।

कोरोनाको कारण मृत्यु हुनेको संख्याले यसका कारण हुने मृत्युदर पनि बढाएको छ। अप्रिल ३० सम्म संक्रमितमध्ये ३.२ प्रतिशतको मृत्यु देखिएको थियो भने मंगलवार आइपुग्दा यो दर ३.४ प्रतिशतमा उक्लिएको छ।

१ सय ९९ जनाको मृत्यु हुँदा ७९ जना वंगालमा रहेका छन्। यीमध्ये ७२ जनाको अरु नै रोगका कारण मृत्यु भएको हो जसमा कोरोना पनि देखिएको छ। उनीहरुको मृत्युको कारण कोरोना भने नभएको दावी गरिएको छ। गुजरातमा ४९ जनाको मृत्यु भएको छ भने महाराष्ट्रमा ३४ जनाको।

वंगालमा थप ८५ संक्रमित थपिएका छन्। त्यहाँ अहिले संक्रमितको संख्या १ हजार ३ सय ४४ पुगेको छ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३ हजार ९ सय नयाँ केस थपिएका छन्। टाइम्स अफ इन्डियाले सरकारले ढिलो गरी यो तथ्याङ्क बाहिर ल्याएको आरोप लगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *