संक्रामक ऐन २०२० परिमार्जन गर्दै संसदीय समिति

न्यूज अपडेट काठमाडाैं, १६ बैशाख संक्रामक ऐन २०२० समयसापेक्ष बनाउन संघीय संसद् अन्तर्गतको विधायन व्यवस्थापन समिति लागिपरेको छ। लकडाउन समेत निरन्तर बैठक गरिरहेको समितिले उक्त ऐन परिमार्जनलाई आगामी बैठकमा  अन्तिम रुप दिनेगरी काम गरिरहेको छ। मंगलबार बसेको समितिको बैठकले वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा र संघीय संसद सचिवालयका कानुनतर्फका सहसचिव अर्जुन कुमार खड्कालाई अन्तिम रुप दिने […]

Continue Reading

भारतबाट आएका थिए रौतहटका २ कोरोना संक्रमित

न्यूज अपडेट काठमाडाैं, १६ बैशाख रौतहटमा मंगलबार भेटिएका २ कोरोना संक्रमित भारतबाट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले यस्तो जानकारी दिएका हुन्। उनीहरुको उमेर २४ र ३५  वर्ष छ। दुवैजना पुरुष भएको समेत डा देवकोटाले जानकारी दिए। यो सहित नेपालमा संक्रमितको संख्या ५४ […]

Continue Reading

स्वास्थ्यकर्मीको स्तरवृद्धिको माग राख्दै संघले बुझायो ज्ञापनपत्र

न्यूज अपडेट काठमाडाैं, १६ बैशाख नेपाल स्वास्थ्यकर्मी संघले स्वास्थ्यकर्मीहरुको दुई वर्षदेखि रोकिएको स्तरवृद्धिको काम अगाडि बढाउन माग गरेको छ। संघले स्वास्थ्य सेवा विभागमा ज्ञापन पत्र बुझाउँदै छिटोभन्दा छिटो स्तरवृद्धिको काम अगाडि बढाउन माग गरेको हो। स्तरवृद्धि ढिला हँुदा वरिष्ठ र कनिष्ठमा मात्र असर नपरी स्वास्थ्यकर्मीले पाउने सेवा सुविधामा समेत असर परेको संघले जनाएको छ। स्वास्थ्यकर्मीलाई […]

Continue Reading

भारतले आरडिटी किट प्रयोगमा लगायो रोक, चीनबाट किन्न लागेको ५ लाख किटको अर्डर रद्द, गुणस्तर नभएको भन्दै भारतले रोकेको किट नेपालमा प्रयोग

न्यूज अपडेट काठमाडाैं, १६ बैशाख भारतले चीनबाट ल्याउने तयारी भएको करिब पाँच लाख र्‍यापिड डाइग्नोष्टिक परीक्षण किट्स (आरडिटी) को अर्डर रद्द गर्ने निर्णय गरेको छ। अनुगमनको क्रममा उक्त किट्स त्रुटिपूर्ण रहेको पाइएसँगै भारतले अर्डर रोक्ने निर्णय गरेको हो। साथै भारतले अहिले प्रयोग भइरहेका किट पनि फिर्ता गर्ने निर्णय गरेको छ। भारतको आर्युविज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) ले […]

Continue Reading

अमेरिका र दक्षिण कोरियाली गुप्तचरको निष्कर्ष– किम जोन जीवित छन्

न्यूज अपडेट एजेन्सी, १५ बैशाख अमेरिका र दक्षिण कोरियाली गुप्तचर संस्थाले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन जीवित रहेको बताएका छन् । वासिङ्टन पोस्टका अनुसार अमेरिकी गुप्तचर संस्थाले किम जोङ उनको मृत्युको समाचारमा विश्वास नलागेको बताएको छ । वासिङटन पोष्टले तीन सरकारी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी र दक्षिण कोरियाली गुप्तचर संस्थाका अनुसार किम अझै […]

Continue Reading

कोरोना अपडेट : निको हुनेको संख्या ८ लाख ६५ हजार, मत्यु २ लाख ६ हजार ४९५ जना

न्यूज अपडेट काठमाडाैं, १५ बैशाख कोराना भाइरसबाट निको भएर घर फर्किनेको संख्या ८ लाख ६५ हजार नाघेको छ। नेपाली समय अनुसार साेमबार बिहान ७ बजेसम्म विश्वभर ८ लाख ६५ हजार ५ सय ४९ जना संक्रमित निको भएर घर फर्किसकेका छन्। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर २९ लाख ७० हजार ७०५ जना मानिस संक्रमित भएका […]

Continue Reading

नेपालमा हालसम्म ५० हजार बढीको कोरोना परीक्षण, १७ हजार क्वारेन्टाइनमा

न्यूज अपडेट काठमाडाैं, १५ बैशाख कोरोनाको आशंकामा नेपालमा हालसम्म ५१ हजार ३ सय ६७ जनाको नमूना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा २ हजार ९६ जनाको नमूना परीक्षण भएको छ। जसमध्ये आइतबार मात्र दुई नयाँ संक्रमित थपिएका छन्। आइतबार थपिएका २ जनासहति नेपालमा ५१ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये १६ जना निको भएर डिस्चार्ज […]

Continue Reading

झापामा थप अर्को व्यक्तिमा देखियो कोरोना, संक्रमित संख्या ५२ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १५ बैशाख झापामा थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५० वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ५२ पुगेको छ। संक्रमित मध्ये १६ जना भने उपचारपछि निको भइसकेका छन्। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नेपालमा हालसम्म ५१ हजार ३ […]

Continue Reading

थप १० दिन लकडाउन गर्ने सरकारको निर्णय

न्यूज अपडेट काठमाडाैं, १५ बैशाख सरकारले थप १० दिन लकडाउन जारी राख्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थप १० दिन वैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। यसअघि बैसाख ३ गते १२ दिन लकडाउन गर्ने निर्णय गरेको थियो। अब वैशाख २५ गतेसम्म लकडाउन जारी रहेने […]

Continue Reading

नेपाल कोरोना भाइरसको उच्च जोखिममा नै, डब्लुएचओले जोखिमको सूचीबाट हटाएको छैन

न्यूज अपडेट काठमाडाैं, १५ बैशाख नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नै रहेको छ। विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले नेपाललाई उच्च जोखिमबाट हटाएको भन्ने खबर गलत रहेको बताइएको छ। संगठनको नेपाल कार्यालयका अनुसार उच्च जोखिमबाट नेपाललाई अहिलेसम्म हटाइएको छैन। डब्लुएचओले नेपाललाई अति उच्च जोखिमको सूची (लेभल ४)बाट हटाएर उच्च जोखिमको सूचीमा राखिएको भनेर केका आधारमा भनिएको हो […]

Continue Reading