झापामा थप अर्को व्यक्तिमा देखियो कोरोना, संक्रमित संख्या ५२ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

झापामा थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५० वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ५२ पुगेको छ। संक्रमित मध्ये १६ जना भने उपचारपछि निको भइसकेका छन्।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नेपालमा हालसम्म ५१ हजार ३ सय ६७ जनाको नमूना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा २ हजार ९६ जनाको नमूना परीक्षण भएको छ। जसमध्ये आइतबार मात्र तीन नयाँ संक्रमित थपिएका छन्।

हालसम्म पिसिआरबाट ९ हजार ९ सय ३१ र आरडिटिबाट ४१ हजार ४ सय ३६ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा ४ हजार ३ सय ८, प्रदेश २ मा ५ हजार १ सय ४१, बागमतिमा ७ हजार ५ सय ९१, गण्डकीमा ४ हजार ९ सय २४, प्रदेश ५ मा ३ हजार ३ सय २६, कर्णालीमा ४ हजार ९ सय ७४ र सुदुरपश्चिममा ११ हजार १ सय ७२ जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ।

प्रदेश २ को ८ जिल्लामा १५ सय बढी नमूना संकलन गर्ने भनिएकोमा हालसम्म १ हजार २७ जनाको नमूना संकलन भई परीक्षण भइरहेको छ। उदयपुरमा ३ सय ३७ र झापामा ५० जनाको नमूना संकलन भएको देवकोटाले जानकारी दिए।

मुलुकभर हाल १७ हजार २५ जना क्वारेन्टाइनमा छन्। मन्त्रालयका अनुसार प्रदेश १ मा ४ हजार ५ सय ७०, प्रदेश २ मा ३ हजार ९ सय २,  बागमतिमा ४ हजार ६ सय ३६, गण्डकीमा ३ हजार ६ सय ५७, प्रदेश ५ मा १३ हजार १ सय १९, कर्णालीमा ५ हजार ४ सय ८० र सुदुरपश्चिम प्रदेशमा ५ हजार ९ सय ५१ क्वारेन्टाइनमा छन्।

काठमाडौं उपत्यकामा ६ र बाहिर १ सय ४ गरी कुल १ सय १० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *