नेपाल कोरोना भाइरसको उच्च जोखिममा नै, डब्लुएचओले जोखिमको सूचीबाट हटाएको छैन

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नै रहेको छ। विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले नेपाललाई उच्च जोखिमबाट हटाएको भन्ने खबर गलत रहेको बताइएको छ।

संगठनको नेपाल कार्यालयका अनुसार उच्च जोखिमबाट नेपाललाई अहिलेसम्म हटाइएको छैन।

डब्लुएचओले नेपाललाई अति उच्च जोखिमको सूची (लेभल ४)बाट हटाएर उच्च जोखिमको सूचीमा राखिएको भनेर केका आधारमा भनिएको हो भन्नेबारे आफुलाई जानकारी नभएको विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा जोस भेन्देलेयरले स्वास्थ्यखबरलाई  बताए।

केही सञ्चारमाध्यमले डब्ल्यूएचओले नेपाललाई अति जोखिमको लेबलबाट जोखिमको लेबलमा झारेको भन्दै स्वास्थ्य सेवा विभागका महानिर्देशकको भनाई उद्धृत गर्दै समाचार प्रकाशित गरेका थिए।

संगठनले अप्रिल २० मा जारी गरेको एक रिपोर्टमा विश्वका सबै देशहरु जोखिममा  रहेको र त्यसविरुद्ध लड्न अझै तयारी आवश्यक भएको उल्लेख गरेको छ।

डा भेन्देलयरका अनुसार डब्ल्यूएचओले विश्वका देशहरुको कोभिड१९सँग लड्ने तयारी र चालिरहेका कदमका आधारमा ५ लेबलसम्म विभाजन गरेको छ।

नेपालको तयारी र जोखिम र हाल देखिएका कोरोना संक्रमणका बिरामीको आधारमा लेबल ३ मा छ। १ र २ लेबलमा कोरोना भाइरसको संक्रमणको  कम तयारी बाट अति प्रभावित देशहरु छन्।

संगठनका नेपाल प्रमुख डा जोसले विश्वका सबै देश कोभिड१९ को जोखिम रहेको प्रतिक्रिया दिँदै डब्ल्यूएचओले मुख्यालय जेनेभाले हरेक देशको कोभिड१९को रणनीतिक तयारी र प्रतिक्रिया योजनाका आधारमा तालिका सार्वजनिक गरेको बताए।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठलाई सो विषयमा जिज्ञासा राख्दा उनले आफुले तयारी र काम गरिरहेको अवस्थामा आधारमा लेबल ३ मा रहेको बताएपनि फरक तरिकाले समाचार आएको प्रतिक्रिया दिए।

उनले भने,‘नेपाल मात्र होइन विश्व नै अति जोखिममा छ। डब्ल्यूएचओले हरेक देशको कोभिड१९को नियन्त्रण रोक्न देशहरुको रणनीति, तयारीका आधारमा नेपाललाई लेबल ३ मा राखेको छ।’

यसअघि मार्च १६ मा प्रकाशित रिपोर्टमा पनि नेपाल लेबल ३ मै समावेश थियो। अहिले अप्रिल २० मा प्रकाशित रिपोर्ट लेबल ३ मै यथावत् रहेको छ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको कुल संख्या ५२ पुगेको छ। जसमध्ये १६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भई सकेका छन्।

हाल कोशी अस्पताल विराटनगरमा ३० जना, नारायणी अस्पताल वीरगञ्जमा २ जना, सेती अस्पतालमा ३ जना संक्रमितको उपचार भइरहेको  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *