स्वास्थ्यकर्मीको स्तरवृद्धिको माग राख्दै संघले बुझायो ज्ञापनपत्र

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १६ बैशाख

नेपाल स्वास्थ्यकर्मी संघले स्वास्थ्यकर्मीहरुको दुई वर्षदेखि रोकिएको स्तरवृद्धिको काम अगाडि बढाउन माग गरेको छ।

संघले स्वास्थ्य सेवा विभागमा ज्ञापन पत्र बुझाउँदै छिटोभन्दा छिटो स्तरवृद्धिको काम अगाडि बढाउन माग गरेको हो।

स्तरवृद्धि ढिला हँुदा वरिष्ठ र कनिष्ठमा मात्र असर नपरी स्वास्थ्यकर्मीले पाउने सेवा सुविधामा समेत असर परेको संघले जनाएको छ। स्वास्थ्यकर्मीलाई उत्प्रेरण गर्नु पर्ने अवस्थामा कानून सम्बत हुनुपर्ने स्तरवृद्धि पनि कानूनमा उल्लेखित भए अनुसार नगरेको भन्दै संघले आपत्ति जनाएको छ।

स्वास्थ्य ऐन २०५३ अन्तर्गत रहेका स्वास्थ्यकर्मीहरु संघीयता कार्यान्वयनको सिलसिलामा समायोजन ऐन २०७५ अनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएको र सेवा सञ्चालनसम्बन्धि अर्काे ऐन नआइसकेको अवस्थामा स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य ऐन अनुसार नै कार्यान्वयनमा आउने कानुनी व्यवस्था रहेको ज्ञापन पत्रमा उल्लेख छ।

‘स्वास्थ्य सेवा ऐनको दफा ९ र स्वास्थ्य सेवा नियमावलीको ८४ ‘क’ मा स्वास्थ्य सेवाका कर्मचारीहरुको  स्तरवृद्धि असार र पुस महिनामा गर्ने व्यवस्था भएता पनि बिगत करिब दुई वर्षबाट स्तरवृद्धि रोकिएकोमा संघले बारम्बार ध्यानकर्षण  गराउदै आएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘संघीयताको कार्यान्वयनपछि आत्मबल खस्कने गरी भएको समायोजन एकातिर छ भने विगतमा क्षेत्रिय स्वास्थ्य निर्देशनालयले गरि रहेको स्तरवृद्धिको प्रकृया पनि हाल प्रदेशले नगरेको हुनाले स्वास्थ्यकर्मीहरुलाई मार परिरहेको अवस्था छ।’

यसअघि गत माघ २९ गते पनि संघका महासचिवको टोलीले विभागका तत्कालिन महानिर्देशकलाई ज्ञापन पत्र बुझाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *