२४ घण्टामा एक हजार २८६ जना संक्रमित कोरोनामुक्त

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २४ असार

पछिल्लो २४ घण्टामा देशमा १२ सय जना संक्रमित कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एक हजार २८६ जना संक्रमित कोरोनामुक्त भएका हुन्।

यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ।

सोही अवधिमा एक हजार ८७५ जना संक्रमित थपिएका छन्। ५ हजार ३७४ जनामा आरटी-पीसीआर र ५ हजार १३० जनामा एन्टिजेन परीक्षण गरिएकोमा पीसीआरतर्फ एक हजार २१८ र एन्टिजेनतर्फ ६५७ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै, गत २४ घण्टामा २९ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *