मुद्रण संघका पदाधिकारीलाई सम्मान

अर्थ/वाणिज्य विशेष समाचार समाचार

भक्तपुर, १८ साउन


भक्तपुर मुद्रण उद्योग संघका नवनिर्वाचित पदाधिकारीलाई शुक्रवार एक समारोहबीच सम्मान गरिएको छ । डिजिटल प्रिन्टलिंक १० औं वर्षमा प्रवेश गरेको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रममा भक्तपुर मुद्रण उद्योग संघका नवनिर्वाचित अध्यक्ष विश्वराम दुवाल, उपाध्यक्ष विधान याकामी, सचिव रामसुन्दर खाइजु र कोषाध्यक्ष शिरिष सुवाललाई डिजिटल प्रिन्टलिंकका अध्यक्ष बलराम प्रजापतिले सम्मान गरेका थिए । कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष दुवालले कर्मचारीले अनुभवसँगै उद्यमशीलताको विकास गर्नुपर्ने बताए । ‘कर्मचारीले सधंै अरूको उद्योगमा काम गर्नुपर्छ भन्ने होइन, आफैले पनि उद्योग शुरू गर्न सक्छ,’ उनले भने ।


त्यसैगरी, संघका उपाध्यक्ष याकामीले प्रेसका कर्मचारीले लगानीकर्ता र ग्राहकसँगको सम्बन्ध राम्रो राख्नुपर्ने उल्लेख गरे । त्यसैगरी, संघका कोषाध्यक्ष सुवालले प्रेस क्षेत्रको अवसर र समस्याबारे जानकारी गराए । कार्यक्रममा लामो समयदेखि प्रेसमा आबद्ध राजन फैजुलाई सम्मान तथा पूर्व कर्मचारी परमेश्वर जोशी र लक्ष्मी मचामसीलाई बिदाइ पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *