चुरोट खानेलाई कोरोना संक्रमणको उच्च जोखिम, यस्तो छ अध्ययनको नयाँ निष्कर्ष

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, १३ बैशाख

अमेरिकास्थित खाद्य तथा औषधि प्रशासनले कोभिड १९ र निकोटिन सम्बन्धी दोस्रो अध्ययन सार्वजनिक गरेको छ ।

प्रशासनका अनुसार चुरोट सेवनले कोरोना भाईरसको संक्रमणलाई अझ धेरै प्रोत्साहन गर्ने बताईएको छ । चुरोट सेवन गर्ने मानिसलाई कोराना संक्रमण हुने खतरा अन्य मानिसको तुलनामा बढी हुने प्रशाशनले अमेरिकी संचारमाध्यम ब्लुमबर्गलाई जानकारी दिएको छ । चुरोट सेवनले कोरोना भाईरसको संक्रमणलाई मात्रै नभएर अन्य विभिन्न किसिमका रोगलाई पनि निम्त्याउने गरेको प्रशासनले उल्लेख गरेको छ ।

पछिल्लो समय विश्वभर २५ लाख मानिसहरु यसको संक्रमित छन भने १ लाख ८५ हजार बढीको मृत्यु भईसकेको छ । नयाँ अध्ययनका अनुसार विश्वभर १ अर्ब मानिसहरुले चुरोट सेवन गर्ने गरेका छन् । त्यसमध्ये ४ करोड जनालाई मात्रै चुरोट सेवनले कोरोना निम्त्याउँछ भन्ने जानकारी छ । मार्लबोरो, फिलिप मोरीस लगायत चुरोट उत्पादकहरुले पनि चुरोट सेवन गर्ने मानिसहरुले सरकारी सुझावलाई मान्नुपर्ने कुरा औंल्याएका छन् । फिलिप मोरिस कम्पनीका प्रवक्ता कोरे हेन्रीका अनुसार निकोटिन र धुम्रपान मानव स्वास्थ्यका लागि हानिकारक छन् । तर मानिसहरुले यसलाई सजिलै छोड्न पनि सक्छन । नछोड्नेहरुलाई भने अप्ठ्यारो पर्न सक्छ ।

खाद्य तथा औषधि प्रशासनले चुरोटले निमोनिया, ब्रोन्काईटीस लगायतका रोगलाई पनि निम्त्याउने बताएको छ । यसले मानव शरिरमा रोग प्रतिरोधी क्षमतामा ह्रास ल्याई श्वासप्रश्वास सम्बन्धी रोगहरुलाई चाँडै निम्त्याउने काम गर्दछ । तर चुरोटभन्दा ईलेक्ट्रिक सिगरेट भने कम घातक हुने अध्ययनले देखाएको छ । ब्लुमबर्गबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *