वेस्टर्न युनियन मनी ट्रान्सफरको रेमिट्यान्स सेवा अब घरघरमा

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १० बैशाख

 


अन्नपूर्ण ट्राभल एन्ड टुर्स तथा हुलास रेमिट्यान्सले नेपालमा वेस्टर्न युनियन मनी ट्रान्सफरको होम डेलिभरी सेवा दिने भएका छन् । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनले सेवाग्राही प्रभावित भएकाले रेमिट्यान्स रकम घरमै पुर्‍याउन लागिएको कम्पनीहरूद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा उल्लेख छ । होम डेलिभरी सुविधा आइतवारदेखि शनिवारसम्म १० देखि ४ बजेसम्म उपलब्ध हुनेछ ।

‘सेवाग्राही रहेकै स्थानहरूमा पैसा पुर्‍याउन हामी र हाम्रा एजेन्टहरूको महत्त्वपूर्ण भूमिका हुनेछ । ग्लोबल कम्पनीको रूपमा हाम्रो मान्यता विश्वव्यापी समुदायको सेवा गर्ने हो,’ विज्ञप्तिमा वेस्टर्न युनियन, ग्लोबल नेटर्वकका प्रेसिडेन्ट जीन क्लाउड फराहले भनेका छन् । ग्राहकको घर घरमा पैसा डेलिभर गर्ने कामको थालनीले नागरिकमा नगदको पहुँच पुर्‍याउने र बैंक खाता नभएकाहरू सहित ठूलो संख्याका ग्राहक वित्तीय रूपमा लाभान्वित हुने उनको भनाइ छ ।

अन्नपूर्ण ट्राभल एन्ड टुर्सका प्रबन्ध निर्देशक नवराज घिमिरेले कम्पनी ग्राहकको सेवाका लागि सधैं तयार रहेको भन्दै कठिन परिस्थितिमा पनि सेवाको सुनिश्चितताका लागि सबै प्रयास गर्न प्रतिबद्ध रहेको बताएका छन् । यस्तै घर घरमा पैसा पु¥याउने सेवाले नागरिकमा नगदको सहज पहुँच स्थापित गर्ने हुलास रेमिट्यान्सका निर्देशक हेमन्त गोल्छाको भनाइ छ । प्रेषकद्वारा पैसा पठाइएको जानकारी प्रापकले प्राप्त गरेपछि उनीहरूले अन्नपूर्ण ट्राभल एन्ड टुर्स वा हुलास रेमिट्यान्समा सम्पर्क गरेर सेवा लिन सक्ने बताइएको छ ।  यसका लागि अन्नपूर्ण ट्राभल एन्ड टुर्सलाई ०१४२२३५३० र हुलास रेमिट्यान्सलाई ९८५१०१९९७३ सम्पर्क गर्न सकिने जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *