न्यूज अपडेट
काठमाडाैं, १९ कात्तिक

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
मंगलबार ३६ हजार ९ सय ११ जना सक्रिय संक्रमितमध्ये ३० हजार १ सय ३१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ४३ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा ५ हजार ३ सय ९, प्रदेश २ मा १ हजार ११, लुम्बिनी प्रदेशमा २ हजार ७ सय ३८, सुदूरपश्चिम प्रदेशमा ६९०, गण्डकी प्रदेशमा १७१० र कर्णाली प्रदेशमा २७० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।