कोरोना अपडेट : २६ लाख २८ हजार भन्दा बढी संक्रमित, के छ सार्क राष्ट्रको अवस्था?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, ११ बैशाख

विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ८३ हजार नाघेको छ।

नेपाली सयम अनुसार बिहिबार बिहान १०ः४५ बजेसम्म मृत्यु हुनेको संख्या १ लाख ८३ हजार ४ सय २४ पुगेको हो। विश्वभर २४ घण्टामा ६ हजार भन्दा बढी मानिसको मृत्यु भएको तथ्यांक रहेको छ।

अमेरिकामा बुधबार २ हजार ३ सय भन्दा बढी मानिसको मृत्यु भएको छ। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ४६ हजार ७ सय ८४ पुगेको छ।

त्यस्तै इटालीमा मृत्यु हुनेको संख्या २५ हजार ८५ पुगेको छ। स्पेनमा २१ हजार ७ सय १७ जनाको मृत्यु भइसकेको छ।

फ्रान्समा मृत्यु हुनेको संख्या २१ हजार ३ सय ७३ पुगेको छ। युकेमा १८ हजार १ सय ५१ को मृत्यु भइसकेको छ।

२४ घण्टामा संसारभर ७९ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या २६ लाख २८ हजार  ९ सय १६ पुगेको छ।

अमेरिकामा एकै दिनमा २९ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। योसँगै अमेरिकामा संक्रमितको संख्या ८ लाख ४२ हजार ६ सय २९ पुगेको छ।

स्पेनमा २ लाख ८ हजार ३ सय ८९ जना संक्रमित भएका छन्। इटालीमा संक्रमितको संख्या १ लाख ८७ हजार ३ सय २७ पुगेको छ। फ्रान्समा  १ लाख ५७ हजार १ सय ३५ जना संक्रमित भएका छन्। जर्मनीमा संक्रमितको संख्या १ लाख ५० हजार  ६ सय ४८ पुगेको छ।

संसारभर ७ लाख ८८ हजार ९ सय ३३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्। जर्मनीमा निको भएर घर फर्किनेको संख्या १ लाख ३ हजार ३०० सय पुगेको छ।  स्पेनमा ८५ हजार ९ सय १५ जना निको भएर घर फर्किसकेका छन्।

अमेरिकामा  निको भएर घर फर्किनेको संख्या ७६ हजार ६ सय १ पुगेको छ। चीनमा ७७ हजार ९ सय ११ जना निको भएर घर फर्किसकेका छन्। इरानमा निको भएर घर फर्किनेको संख्या ६३ हजार १ सय १३ पुगेको छ।

सार्क देशको अवस्था 
भारतमा २४ घण्टामा  १ हजार २ सय ९० जना संक्रमित थपिएका छन् भने ३६ जनाको मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या २१ हजार ४ सय ५० पुगेको छ।  ६ सय ८१ जनाको मृत्यु भएको छ। ४ हजार ३ सय ७३ जना संक्रमित  निको भएर घर फर्किसकेका छन्।

पाकिस्तानमा बुधबार ५ सय ११ जना संक्रमित भएका छन् भने ११ जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा  संक्रमितको संख्या १० हजार ७६ पुगेको छ। २ सय १२ जनाको मृत्यु भएको तथ्यांक रहेको छ। २ हजार १ सय ५६ जना निको भएर घर फर्किसकेका छन्।

बंगलादेशमा २४ घण्टामा ३ सय ९० जना संक्रमित भए भने १० जनाको मृत्यु भएको छ। योसँगै बंगलादेशमा संक्रमितको संख्या ३ हजार ७ सय ७२ पुगेको छ। १ सय २० जनाको मृत्यु भइसकेको छ। ९२ जना मानिस निको भएर घर फर्किसकेका छन्।

अफ्गानिस्तानमा १ हजार १ सय ७६ जना संक्रमित भएका छन्। ४० जनाको मृत्यु भइसकेको छ। बुधबार ८४ जना संक्रमित भएका थिए भने ४ जनाको मृत्यु भएको थियो।  १ सय ६६ जना निको भएर घर फर्किसकेका छन्।

श्रीलंकमा ३ सय ३० जना संक्रमित छन्। ७ जनाको मृत्यु भइसकेको छ। १ सय ५ जना निको भएर घर फर्किसकेका छन्। बुधबार २० जना नयाँ बिरामी थपिएका थिए।

माल्दिभ्समा संक्रमित हुनेको संख्या ८६ पुगेको छ। १६ जना निको भएर घर फर्किसकेका छन्।

नेपालमा बुधबार ३ जना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या ४५ पुगेको छ। ७ जना निको भएर घर फर्किसकेका छन्।

बुधबार भुटानमा एक जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ७ पुगेको छ।  दुईजना निको भएर घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *