मंगलबार थपिएका १० जना सहित उदयपुरमा मात्र २३ व्यक्तिमा कोरोना संक्रमण 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

मंगलबार थप १० जना व्यक्तिमा संक्रमण पुष्टि भएसँगै उदयपुरको एक मस्जिदमा बसेका २३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

मंगलबार धरान र काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो। यसँगै नेपालमा कोरोना संक्रमित हुने व्यक्तिको संख्या ४१ पुगेको छ। जसमध्ये ५ जना निको भइ घर फर्किसकेका छन्।

मंगलबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जना र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ जना गरी जनामा कोरोना संक्रमण पोजिटिभ आएको हो।

नेपालमा संक्रमण देखिएका ४१ जनामध्ये २३ संक्रमित सबै उदयपुर जिल्लाको एक मस्जिदमा बसेका व्यक्तिहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत हप्तामा सो मस्जिदमा बसेका १२ व्यक्तिमा पहिलो पटक संक्रमण देखिएको थियो।  त्यसपछि उनीहरुसँगै रहेका अर्का एक जनामा पनि कोरोना देखिएको थियो।

करिब एक सय परिवारका ५ सयभन्दा बढी व्यक्ति उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएको बताइएको छ। उनीहरुको मन्त्रालयले ट्रेसिङको काम गरिरहेको र परीक्षण समेत गरिरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उदयपुरमा नेपाली सेनाले एक सय जनाको पिसिआर विधिबाट जाँचका लागि नमुना  परीक्षण गरेको जानकारी दिए।

हालसम्म उदयपुरबाट ३ सय २० जनाको पिसिआर विधिबाट जाँच भइसकेको देवकोटाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *