एमसीसी विरूद्ध नेपाल मजदुर किसान पार्टीकाे प्रदर्शन जारी

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, १२ फागुन

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले बिहीबार पनि काठमाडौंको नयाँं वानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन गरेको छ । कोटेश्वरबाट सुरु भएको जुलुश बानेश्वरमा पुगेर विरोध सभामा परिणत भएको थियो । सभामा पार्टी सचिव एवं सांसद प्रेम सुवाल, पार्टी केन्द्रिय सदस्य एवं बागमति प्रदेश सांसद् सृजना सैंजू, पार्टी केन्द्रीय सदस्य रवीन्द्र ज्याख्व, विद्यार्थी नेताहरु प्रकाश गुरुग, सुरेश परियारलगायतले बोलेका थिए ।

जुलुसमा सहभागी भएका विद्यार्थीहरूकाे समूलाई भने तिनकुनेमा केही समय प्रहरीले जवरजस्ती राेकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *