चीनमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुका लागि मेडिकल काउन्सिलको चार बुँदे निर्णय

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडौं, ८ साउन

नेपाल मेडिकल काउन्सिलले चीनको विभिन्न विश्वविद्यालयमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुका लागि चार बुँदे निर्णय गरेको छ।

काउन्सिलले चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत २०१६ ब्याजका विद्यार्थीको पढाई अवधि र इन्टर्नसीप सम्बन्धमा चिकित्सा शिक्षा आयोगको सहमति अनुसार चार बुँदे निर्णय गरेको हो।

विद्यार्थीहरुलाई अपुग प्रयोगात्मक अभ्यास एक वर्ष तथा एक वर्ष इन्टर्नसीप गरी जम्मा दुई वर्षको चिकित्सकीय अभ्यास तथा तालिमको व्यवस्था गर्ने निर्णय गरेको काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले जानकारी दिए।

यस्तै, एक वर्षे अनिवार्य इन्टर्नसीप नेशनल गाइडलाइन्स फर मेडिकल इन्टर्नसीप ट्रेनिङ २००७ अनुसार वा विश्वविद्यालयले तोकेबमोजिम पुरा गर्नुपर्ने, इन्टर्नसीपभन्दा पहिलेको एक वर्षे अध्ययनको हकमा चार वटा प्रमुख विषयहरु मेडिसिन, सर्जरी, गाइनेअब्स र पेडियाट्रिक्स समावेश गर्नुपर्ने निर्णयमा उल्लेख छ।

काउन्सिलले गरेका चार बुँदे निर्णयहरु :

१) निजहरूलाई अपुग प्रयोगात्मक अभ्यास १ बर्ष तथा एक बर्ष इन्टर्नसीप गरी जम्मा दुइबर्षको चिकित्कीय अभ्यास तथा तलिमको व्यवस्था गर्ने ।

२) १ बर्षे अनिवार्य इन्टर्नसीप ‘National guidelines for medical internship training 2007’ अनुसार वा विश्वविद्यालयले तोके बमोजिम पुरा गर्नुपर्ने । इन्टर्नसीप भन्दा पहिलेको १ बर्षे अध्ययनको हकमा ४ वटा प्रमुख विषयहरू मेडिसिन, सर्जरी, गाइनेअब्स र पिडियाट्रिक्स समावेश गर्नुपर्ने ।

३) चीनमा अध्ययनरत चिकित्सा शिक्षाका बिद्यार्थीहरुको अध्ययन अवधि र प्रमाणपत्र प्राप्त गर्ने समायवधि बारे कुनै द्विविधाभए नेपाल मेडिकल काउन्सिल वा सम्बन्धित कलेजमा सम्पर्क गरी यथार्थ विवरण बुझेर निजहरूको अपुग अध्ययन अवधि एकिन गरेरमात्र अध्ययन सुरू गर्ने ।

४) अब उप्रान्त कोभिडसंग सम्बन्धित रहेर विदेशमा अध्ययन गरेका विद्यार्थीको नेपालमा अध्ययन अध्यापन गर्ने विषयको सम्बोधन नहुने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *