लकडाउन उलंघन गरेको आरोपमा कास्की प्रहरीद्धारा २ सय भन्दा बढी नियन्त्रणमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

कास्की, १६ चैत

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रभावलाई रोक्न सरकारले आह्वान गरेको लकडाउन उलंघन गरेको आरोपमा २ सय भन्दा बढीलाई प्रहरीले पोखराबाट नियन्त्रणमा लिएको छ । सरकारी निर्देशनको अवज्ञा गरेको आरोपमा पोखराका विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिइएका ब्यक्तिलाई प्रहरीले पोखरा रंगशालाभित्र लगेर थुनेको हो ।
पक्राउ गरेकालाई पोखरा रंगशालाको भलिबल प्रशिक्षण केन्द्र र बास्केटबल कोर्टमा राखिएको प्रहरीले जानकारी लिएको छ ।
कोरोना भाइरसको संत्रमण रोकथामका लागि सरकारले गरेको आग्रहलाइ लत्याउँदै सडकमा हिडडुल गर्ने २ सय जना भन्दा बढीलाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।
सम्भावित संक्रमणबाट बच्नका लागि सरकारले गरेको आग्रहलाई वेवास्ता गर्दै पोखराका विभिन्न स्थानहरुमा हिडडुल गर्नेहरुलाई नियन्त्रणमा लिई रंगशालामा लगेर थुनिएको एसपी कार्कीले बताए । लकडाउनलाई थप प्रभावकारी बनाउन प्रहरीले प्रभाबकारी रुपमा कार्य गरेको बताउँदै उनले अनावश्यक रुपमा बाहिर निस्कनेलाई नियन्त्रणमा लिइने बताए । ‘परिस्थितिको गम्भीरतालाई कम आकलन गर्दै बिनै काम हिडडुल गर्नेलाई हामीले नियन्त्रणमा लिएर रंगशालाको खुला क्षेत्रमा राखेका छौं’ उनले भने । ‘घरमा बस्न गरेका आग्रहलाई उलंघन गरेपछि सचेत गराउन घाम लागेको ठाउँमा एक अर्कासँग नजिक नरहने गरी राखेका हौ ।’
रंगशालामा प्रहरी नियन्त्रणमा रहेका उनीहरुलाई मदन भण्डारी स्पोर्टस एकेडेमीको तर्फबाट स्वच्छ पिउने पानी उपलव्ध गराइएको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले बताए । ‘प्रहरीले थुनेकालाई हामीले पिउने पानी उपलव्ध गराएका छौ’ गुरुङले भने । मदन भण्डारी स्पोर्टस एकेडेमीको तर्फबाट स्वच्छ पिउने पानी उपलव्ध गराएको उनले बताए ।
पोखरा रंगशालामा उनीहरुलाई राखिए पनि सामाजिक दुरी भने बढाइएको छ । सबैलाई दुई–दुई मिटरको दुरीमा राखिएको प्रहरीले जनाएको छ ।
यति बेला लकडाउनले खेलकुद गतिविधि ठप्प भएकोले प्रहरीलाई सर्वसाधारणलाई थप सचेतना जगाउन करवाही गर्न उपयुक्त स्थान भएको छ ।
नियन्त्रणमा लिएकालाई साँझ छाड्ने वा थप कारवाही गर्ने भन्ने बारे पक्राउ परेकाहरुको व्यवहारको आधारमा छलफल गरेर निर्णय गरिने एसपी कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *