चौधरी फाउण्डेशनले गण्डकी प्रदेशमा ४० थान पीपीई बाँढ्यो

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

कास्की, १६ चैत

विश्वब्यापीरुपमा फैलिएको कोराना भाइरसको रोकथाम र उपचारका लागि चौधरी फाउण्डेशनले गण्डकी प्रदेशमा अत्यावश्यक सामग्री वितरण गरेको छ । फाउण्डेशनले गण्डकी प्रदेशको चार वटा स्वास्थ्य संस्थामा ४० थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र २ हजार थान सर्जिकल मास्क वितरण गरेको हो ।
फाउण्डेशनले १०।१० थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) ५।५सय थान सर्जिकल मास्क प्रदेश अन्तर्गतका ४ ओटा जिल्लालाई हस्तान्तरण गरेको हो ।
फाउण्डेशनले सामग्री वितरण गरिएका स्वास्थ्य संस्थामा मातृ शिशु मितेरी अस्पताल पोखरा, पर्वत जिल्ला अस्पताल, गोरखा जिल्ला अस्पताल र बाग्लुङ्ग जिल्ला अस्पताल रहेको मातृ शिशु मितेरी अस्पतालकी प्रमुख प्रतिभा गौलीले बताइन् ।
बिरामीको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न फाउण्डेशन व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराएको उनले बताइन् ।
जोखिमपूर्ण अवस्थामा रहेका स्वास्थ्य संस्थामा पीपीई लगायत अन्य आवश्यक सामग्रीको अभाव नहोस् भन्ने उद्देश्यले फाउण्डेशनले हेल्पलाइन शुरु गरेको जनाएको छ । बिरामीको स्वास्थ्य उपचारमा संग्लन्न स्वास्थ्यकर्मीका लागि ब्यक्तिगत सुरक्षा (पीपीइ) आवश्यक परेको अवस्थामा ९८५११७२३९८, ९८०१०६७४४३ र ९८०२०२०९५३ मा सम्पर्क गर्न सकिने फाउण्डेशनले जनाएको छ ।
फाउन्डेशनले कोभिड–१९ परीक्षण गर्नका लागि आवश्यक पर्ने किट बाहिरी मुलुकबाट निर्यात गर्न लागेको जनाएको छ ।
त्यस्तै अक्सिजन उत्पादन गर्ने उपकरण र भेन्टिलेटर अभाव पूर्ति गर्न बाहिरी मुलुकबाट आयात प्रक्रिया शुरु गरेको फाउण्डेशनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *