प्रशासनको समन्वय अभावमा अत्यावश्यकीय सेवा प्रवाह गर्ने पोखराका ब्यवसायी समस्यामा

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
कास्की, १३ चैत


विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमण फैलिन नदिन प्रशासनले कडाइ गरेपछि अत्यावश्यकीय सेवा अन्तर्गत पर्ने व्यवसायीले स्थानीय प्रहरी प्रशासनका कारण सेवा प्रवाहमा समस्या देखिएको आरोप लगाएका छन् ।
सरकारले अत्यावश्यकीय सेवामा सूचीकृत गरेका कृषि जन्य उत्पादन, स्वास्थ्य सेवा, खानेपानी, दैनिक उपभोग्य वस्तु, होटल ब्यवसाय लगायतका ब्यवसायीले अनावश्यक रुपमा प्रहरी प्रशासनले दुःख दिएको बताएका छन् ।
प्रशासनले पोल्ट्री र कृषि जन्य उत्पादन ओसारपसार गर्न पास नचाहिने बताएपछि सुरक्षा जाँचमा खटिने प्रहरीमा आपुूmहरुले दुःख पाएको पोल्ट्री ब्यवसायी बिजय पाण्डेले बताए । ‘पोल्ट्री ब्यवसायीले गाइबस्तु र कुखुराको दाना ओसारपसार गर्दा समेत चेकिङमा खटिने प्रहरीले पास देखा भन्छन्’ उनले भने । ‘तर जिल्ला प्रशासनमा जाँदा कृषिजन्य उत्पादन र अन्य अत्यावश्यकीय सेवालाई पास चाहिदैन भन्छ, पास बनाइदिँदैन ।’ अब कसरी सेवा दिन सकिन्छ ? उनले प्रति प्रश्न गरे । सुरक्षा जाँचमा खटिने प्रहरीले गाडीको चाबी खोसेर ब्यवसायीलाई प्रताडित बनाएको उनले बताए ।
राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपाल गण्डकी प्रदेशका सचिव जीवन कुमार अधिकारीले स्थानीय प्रशासनबीचको समन्वयको अभाबमा दुग्ध उत्पादक कृषकहरुले विभिन्न समस्या भोग्न बाध्य भएको बताए । कृषकले उत्पादन गरेका दुग्ध जन्य उत्पादन बजार ल्याउँदा सुरक्षा जाँचमा खटिने प्रहरीबाट गाडी रोक्ने लगायतका समस्या देखिएको बताए । प्रशासनले वास्तविक कृषकको पहिचान गरेर पासको ब्यवस्था गर्नूपर्ने उनको भनाइ छ । गाईबस्तुको दानापानी र पराल लगायतका सामग्री ढुवानीमा समेत समस्या देखिएको अधिकारीले बताए । ‘ब्यवसायीका समस्यामा स्थानीय प्रशासन गम्भीर बन्नुपर्छ’ उनले भने । ‘आफ्नो स्वास्थ्यका वारेमा गम्भीर बनेर ब्यवसायीले पनि गलत कार्य गर्न हुदैन ।’
उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कमिलनाथ कोइरालाले सारकारले तोकेका अत्यावश्यकीय बस्तुको सेवा प्रबाहलाई सहज बनाउने उदेश्यले स्थानीय प्रशासनसंग आग्रह गरेको बताए । उनले सेवा प्रबाहमा समस्या देखिएपछि बैठकनै बसेर अत्याबश्यकीय सेवालाई सहज बनाउने बिषयमा छलफल गरेको बताए । ‘अत्याबश्यकीय सेवा प्रबाहमा देखिएका समस्यामा केन्द्रीत भएर छलफल गरेका छौ’ उनले भने । ‘छलफलमा ब्यवसायीका विभिन्न समस्याका वारेमा पनि ध्यानाकर्षण गराएका छौ । यसलाई समाधान गर्न प्रशासन तयार देखिएको छ ।’
अध्यक्ष कोइरालाले बजारमा अहिले सम्म कुनै पनि बस्तुको थोक मुल्यमा मुल्यबृद्धी नभएको बताए । ‘बजारमा खुद्रा ब्यबसायीले आफुखुशी मुल्यबृद्धी गरेको देखियो’ उनले भने ।‘ यसलाई रोक्न स्थानीय प्रशासनले मञ्चले अनुगमनलाई निरन्तरता दिइराखेको छ ।’
कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले अत्याबश्यकीय बस्तुको ओसारपसारमा समस्या नरहेको बताए । केही ब्यवसायले एउटा प्रयोजनलाई देखाएर अन्य कार्य गरेका कारण सुरक्षा जाँचमा खटिने प्रहरीले सवारी नियन्त्रणमा लिएको बताए । ‘ब्यवसायीले गलत प्रयोजनमा प्रयोग गर्नु भएन’ उनले भने ।‘ यसमा प्रशासन थप सजग बन्ने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *