कोरोनाबिरुद्ध घरदैलो अभियान गर्दै ऐरावती गाउँपालिका

समाचार स्वास्थ्य

प्यूठान, २५ फागुन


बिश्वको ९० भन्दा धेरै देशमा फैलिएको कोरोना भाइरसको बारेमा सचेतना फैलाउनका लागि जिल्लाको ऐरावती गाउँपालिकाले घरदैलो अभियान सञ्चालन गरेको छ । पालिकाले स्थानीय गन्धर्व समुदायका दुई युवाद्धारा घरदैलो अभियान सञ्चालन गरेको ऐरावती गाउँपालिकाले जानकारी दिएको छ । बिश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको भाइरसको बारेमा सर्वसाधारणलाई जनाकारी गराउन यो अभियान सञ्चालन गरेको ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल बिक्रम शाहले बताए ।
‘बिश्वभरी फैलिएको भाइरसबाट बचाउन यो अभियान थालनी गरेका हौँ’ अध्यक्ष शाहले भने । यो अभियान ऐरावती गाउँपालिकाका ६ वटै वडाका सबै घरघरमा पु¥याउने अध्यक्ष शाहले बताए ।
उता नोबल कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय प्यूठानले मेला महोत्सव तथा सम्मेलन स्थगित गर्ने आग्रह गरेको छ ।
विश्वभर कोरोनाको संक्रमण र त्रास फैलिरहेको वेला प्यूठानमा पनि यसको सतर्कता अपनाउन थालिएको छ । जिल्लाका सवै स्थानीय तह र सरकारी कार्यालयलाई पत्राचार गर्दै मेला महोत्सव तथा सभा सम्मेलनहरु स्थगित गर्न अनुरोध गरेको हो । प्रदेश नं ५ को मन्त्रिपरिषदले समेत जनसमुह सहभागी हुने मेला महोत्सव तथा भेला सम्मेलनहरु स्थगित गर्ने निर्णय गरेको छ । सोही निर्णय कार्यान्वयनका लागि जिल्लामा मेला महोत्सव तथा सभा सम्मेलनहरु स्थगित गर्न पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *