भक्तपुर बचतमा कोरोना भाइरस संक्रमणसम्बन्धी अभिमुखीकरण

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

भक्तपुर, २४ फागुन

भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को युवा उपसमितिको आयोजनामा शुक्रवार संस्थाको सभाहलमा कोरोना भाइरस संक्रमणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । संस्थाका समिति, उपसमिति तथा सल्लाहकारहरुबीच भएको उक्त कार्यक्रममा कोरोना भाइरस संक्रमण विषयमा डा. बालकृष्ण चाँगुभारीले प्रशिक्षण दिएका हुन् ।
कार्यmक्रममा डा. चाँगुभारीले विश्व स्वास्थ्य संगठनको तथ्यांकको आधारमा हाल भइरहेको संक्रमित संख्या, मृत्यु संख्या र निको भएर घर फर्केका विरामीको संख्याबारे स्पष्ट पार्दै यस रोगका लक्षण र त्यसबाट बच्ने र टाढा रहने उपायबारे जानकारी दिए । उनले रोगबारे सजग र सचेत हुनुपर्ने अन्यथा ठूलो क्षति व्यहोर्नुपर्ने बताए । कार्यक्रममा सहभागीबीच अन्तरक्रिया समेत भएको थियो ।


कार्यक्रममा विशेष अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेपाल सरकारले कोरोना भाइरस रोक्नेमा कुनै विश्वास नभएको बताए । उनले वैदेशिक सहयोगको नाउमा लिएका हरेक सहयोग रकम दुरुपयोग भएको कारण देश खोक्रो भइरहेको बताउँदै अहिले अमेरिकी एमसीसीबाट आउने ५५ अर्ब रकम देश र जनताको हितमा नहुने र व्यापक दुरुपयोग हुने बताए । नेपाल सरकारले नेपाली जनतालाई दिनदिनै परनिर्भरतातिर लम्केको बताउँदै उनले अमेरिकाको एमसीसी सम्झौताले चीनविरुद्ध नेपाललाई युद्धभूमिको रुपमा प्रयोग गरिने भएकोले यसको खारेज हुनुपर्ने अडान राखे । संसारको प्राकृतिक स्रोत साधनमा आँखा गाड्ने अमेरिकाले नेपाललाई सहयोग दिनुको अर्थ नेपालको प्राकृतिक स्रोत साधन कब्जा गर्ने रणनीति रहेको स्पष्ट पारे । साथै उनले अहिलेको दुई तिहाई संसदबाट यो एमसीसी सम्झौता पारित गरेमा नेपाललाई लामोसमयसम्म उपनिवेश बनाई आफूले भने जस्तै चलाउन पाउने अमेरिकी स्वार्थ यसमा लुकेको बताए ।
युवा उपसमितिका संयोजक विष्णुकुमार प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष बलराम प्रजापतिले कोरोना भाइरस संक्रमण नहुँदै हामीलाई तर्साएको बताए । जति डरायो, त्यति नै हामी कमजोर हुने भएकाले इच्छाशक्तिलाई बलियो पार्नुपर्ने जानकारी दिए । कार्यक्रममा विकास प्रजापतिले पनि कोरोनो भाइरसबारे आफ्नो धारणा राखे ।ं

Leave a Reply

Your email address will not be published. Required fields are marked *