निःशुल्क कपडा वितरण

अर्थ/वाणिज्य समाचार स्वास्थ्य

वर्षा खत्री
भक्तपुर, २३ फागुन


भक्तपुरको घुम्टी कपडा बैंक सञ्चालन गरिरहेको फ्यूजन नेपाल संस्थाले हालै चितवनको सिद्धि र मनहरी –४ चुहारपाखामा अति विपन्न समुदाय (दलित, जनजाति, चेपाङ)का लगभग ३०० परिवारलाई कपडा वितरण गरेको छ । यस संस्थाले भक्तपुर टुरिजम इन्भेष्टमेण्ट एण्ड कम्प्लेक्स, भक्तपुर पर्यटन विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्प्रेडिङ स्माइल टीम, साखः मल्टी स्टोर तथा अन्य विभिन्न दाताहरुको सहायतामा चितवनको दुई ठाउँमा निःशुल्क कपडा वितरण गरेको छ ।


फ्यूजन नेपाल संस्थाले विगतमा सर्लाही जिल्लाको मुसहर वस्ती, मकवानपुर जिल्लास्थित राक्सीराङ्ग गाउँपालिका अन्तर्गतका विभिन्न ठाउँहरुमा २ हजार ५ सयभन्दा धेरैलाई न्यानो कपडा वितरण गरेको थियो । यसै संस्थाको संयोजक लक्ष्मी गौतमले कपडा वितरणको साथै बालबालिकाको स्वास्थ्य तथा सरसफाइका सम्बन्धमा जनचेतना दिएको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *