कारागारको दयनीय अवस्था

समाचार स्वास्थ्य

काठमाडौं, २१ फागुन

नेपालका अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी थुनिएको समाचार झन्डै नियमितजस्तो आउने गरेको छ । कति कारागार भने रुग्न अवस्थामा छन् । राणाशासन र पञ्चायतले बनाएका कारागार आज जीर्ण बन्नु स्वाभाविक हो । वर्षामा पानी र जाडोमा चिसोको समस्या झेल्न कैदीबन्दीलाई बाध्य बनाइएको छ । अधिकांश कारागार निकै फोहोर र अस्वस्थकर छन् । कारागार अदालतबाट अपराधी ठहर गरेका वा आरोपीलाई सुधार्न राखिने ठाउँ हो । तर, नेपालका कारागारको अवस्थाले कारागार सुधार गृहभन्दा पनि अपराधी जन्माउने ठाउँ बनेका छन् ।
कैदीबन्दीहरूको मानव अधिकारको सम्मान गर्नु राज्यको कर्तव्य हो । कुनै पनि देशको न्याय व्यवस्थाको प्रतिबिम्ब कारागारलाई मानिन्छ । कारागारको अवस्था र कैदीबन्दीको किसिमको आधारमा कुनै पनि देशको न्याय प्रणाली र शासन व्यवस्थाको विश्लेषण गर्न सकिन्छ । नेपालका कारागारको अवस्था हेर्दा नेपालको शासन व्यवस्थालाई सद्दे व्यवस्था भन्न सकिन्न । कारागारमा कैदीबन्दीको मानव अधिकारको रक्षा भएको छैन । केही कारागारमा कैदीलाई पुस्तक पढाउने परिपाटी बसाउन खोजिएको प्रचार गरे पनि अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कारागारमा बसेर आफूलाई सुधार्ने सम्भावना न्यून छ ।

क्षमताभन्दा बढी कैदी राख्ने अवस्थाको अन्त्य हुनुपर्छ । कारागारभित्र कैदीबन्दीलाई रचनात्मक र उत्पादनमूलक काममा लाग्न अभिप्रेरित गर्न जरुरी छ । राज्यले कैदीबन्दीले उत्पादन गरेका सामानको प्रवद्र्धनमा ध्यान दिनुपर्छ । कारागारमा पुस्तक पठनको कार्यक्रमलाई देशव्यापी बनाउनुपर्छ । दैनिक पत्रपत्रिका पढ्न पाउने सुविधा दिइनुपर्छ । कैदीबन्दीको नियमित स्वास्थ्य परीक्षण र उचित खानाको बन्दोबस्त गर्नु राज्यको दायित्व हो । कारागारभित्र कैदीबन्दीबीच विभेदको अन्त्य गरिनुपर्छ ।कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुनुको अर्थ समाजमा अपराधको सङ्ख्या बढ्नु हो । राज्य अपराध नियन्त्रण गर्न असमर्थ छ । राज्य अपराधको मूल कारणभित्र पसेर अपराधमुक्त समाजतिर गइरहेको छैन । बरु, कारागारलाई अपराध जन्माउने थलो बनाइरहेको छ ।
पुरानो शैलीको कारागार व्यवस्थापनबाट आजको समयको आवश्यकता सम्बोधन हुनेछैन । राणाकालीन र पञ्चायतकालीन पूर्वाधारलाई नै आज निरन्तरता दिएर हामीले कारागार व्यवस्थापनलाई अद्यावधिक बनाउन सक्दैनौँ । हिजो कारागार सजायको थलो मानिन्थ्यो भने आजको प्रजातान्त्रिक बन्दोबस्तले कारागारलाई त्यहीँरूपमा बुझ्न उचित हुन्न । नागरिकलाई अझ सभ्य बनाउने थलोको रूपमा कारागारको विकास गरिन आवश्यक छ । कारागारलाई प्रविधिमैत्री बनाउन जरुरी छ । कारागारलाई सभ्य मानिस बस्ने र मानव अधिकारको रक्षा हुने स्थानको रूपमा विकास गरिनु आवश्यक छ ।
क्षमताभन्दा बढी कैदी राख्ने अवस्थाको अन्त्य हुनुपर्छ । कारागारभित्र कैदीबन्दीलाई रचनात्मक र उत्पादनमूलक काममा लाग्न अभिप्रेरित गर्न जरुरी छ । राज्यले कैदीबन्दीले उत्पादन गरेका सामानको प्रवद्र्धनमा ध्यान दिनुपर्छ । कारागारमा पुस्तक पठनको कार्यक्रमलाई देशव्यापी बनाउनुपर्छ । दैनिक पत्रपत्रिका पढ्न पाउने सुविधा दिइनुपर्छ । कैदीबन्दीको नियमित स्वास्थ्य परीक्षण र उचित खानाको बन्दोबस्त गर्नु राज्यको दायित्व हो । कारागारभित्र कैदीबन्दीबीच विभेदको अन्त्य गरिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *