कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन बेलायतले गठन गर्यो टाक्स फोर्स

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

एजेन्सी, ६ बैशाख

बेलायतले कोरोना भाइरस संक्रमणविरुद्धको भ्याक्सिन बनाउन टाक्सफोर्स गठन गरेको छ। कोरोना भाइरस संक्रमितको उपचारका लागि भ्याक्सनि बनाउन जुटेका सबै पक्षसँग समन्वयका लागि टाक्सफोर्स गठन गरेको हो।

बेलायतका परराष्ट्रमन्त्री आलोक शर्माले शुक्रबार टाक्सफोर्स गठनको घोषणा गर्दै सरकारी निकाय, अनुसन्धानमा संलग्न शैक्षिक निकाय र ओखती बनाउने कम्पनीविच समन्वय गरेर चाँडो भ्याक्सिन बनाउन टाक्सफोर्स गठन गरेको बताएको सिएनएनले बताएको छ।

सो टाक्सफोर्सले भ्याक्सिन निर्माणमा संलग्नहरुलाई सघाउँदै चाँडो विकास गर्न मद्दत गर्ने उनले बताए। टोलीमा भ्याक्सिन सम्बन्धी लामो अनुभव भएकाहरु रहने उनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *