भक्तपुर नगरपालिकामा अपांगता भएका व्यक्तिहरूलाई रातो र निलो परिचय पत्र वितरण सुरू

भक्तपुर,१२ साउन स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाले शुक्रबारदेखि भक्तपुर नगरभित्रका अपांगता भएका व्यक्तिहरुलाई (रातो र निलो रंग परिचय–पत्र वितरण सुरू गरेको छ । भक्तपुर नगरपालिकाले शुक्रबार आयोजना गरेको परिचय पत्र वितरण कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाले अपांगता भएका व्यक्तिहरुलाई पनि प्राथमिकतामा राखी समान ढंगले हेर्दै आएको […]

Continue Reading

‘सामाजिक शिक्षा’ विषयमा इसानको एकदिने कार्यशाला गोष्ठी

भक्तपुर,१२ साउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार संस्थागत विद्यालय संघ नेपाल (इसान) को आयोजना भएको सामाजिक विषयमा आधारित एकदिने कार्यशाला गोष्ठीको उद्घाटन गरे । प्रमुख प्रजापतिले तालिमको सफलताको कामना गर्दै शिक्षालाई व्यापारको रुपमा नभई सेवाको रुपमा विकास गर्नुपर्ने र सरकारले समाजवादउन्मुख शिक्षा नीति अवलम्बनमा जोड दिनुपर्ने बताए । सरकारले शिक्षा क्षेत्रमा अरबौं रुपैयाँ लगानी […]

Continue Reading

ग्रामीण विकासका समस्या तथा समाधानका उपायहरु

श्रीती खड्का भक्तपुर, १० साउन नेपाल एउटा अल्पबिकसित देश हो । यसको अर्थतन्त्र जीविकामुखी मात्रै छ । यो गाउँहरुको देश हो जहाँ अशिक्षा, अज्ञानता, अन्धबिश्वास, रुढीबादी परम्परा सर्वाधिक छ । प्राबिधिक शिक्षाको अभावले नयाँ प्रबिधिको विकास हुन सकेको छैन । केही सीमित शहरी तथा शहर नजीकका बस्तीहरुमा बाहेक अन्य स्थानमा अझैपनि आधुनिकताको प्रभाब पर्न सकेको […]

Continue Reading

कुखुरापालनमा अग्रसर हुँदै भक्तपुर

श्रीती खड्का भक्तपुर, १० साउन भक्तपुर जिल्लामा केही समययता कुखुरापालन प्रति किसानहरुको आकर्षण बढ्दै गएको छ । स्वरोजगारतर्पm युवा मोह तथा कच्चा पदार्थको सहज उपब्धताको कारण पनि उक्त व्यवसायमा टेवा पुग्नु स्वभाविक हुन जान्छ । समग्र देशको अवस्थालाई हेर्ने हो भने पनि चितवन पछि सबैभन्दा बढी कुखुरापालन हुने जिल्ला भक्तपुर नै हो । थोरै लगानी […]

Continue Reading

भक्तपुरमा परम्परागत बाद्यबादन बजाउने प्रचलन घट्दो

श्रीती खड्का भक्तपुर, १० साउन उपत्यकाका प्रमुख तीन शहरमध्ये भक्तपुरलाई बिभिन्न सम्पदा र संस्कृति संरक्षित थलोको रुपमा चिनिन्छ । तर हालको परिप्रेक्ष्यमा भक्तपुरका स्थानीय बासिन्दाहरुको जीवनशैलिमा आएको परिवर्तन एवं आर्थिक परिवर्तनसँगै कतिपय संस्कृति क्षीण बन्दै गएका छन् । पहिले पहिले सामाजिक अंगको रुपमा रहेका बिभिन्न भजन दाफाहरुमा नयाँ पुस्ताहरुको आकर्षण घट्दो छ । जीवनशैलीमा आएको […]

Continue Reading

सडक निर्माण कार्य ढिलाइ हुँदा स्थानीय सास्ति बेहोर्न बाध्य

श्रीती खड्का  भक्तपुर, १० साउन भक्तपुर जिल्ला स्थित चाँगुनारायण न.पा. को च्याम्हासिंहदेखि सुडाल हूँदै कलमसी जाने बाटो निर्माणको कार्य ठेकेदार कम्पनीले समयमै पूरा गर्न नसक्दा स्थानीयबासीहरु मर्कामा परेका छन् । भक्तपुरबाट नगरकोटसम्म पुग्ने छोटो मार्गका रुपमा रहेको गोसपुल बिडोलफाँट सुडाल कलमसी नगरकोटसम्मको ७ दशमलव ३२० कि.मी सडकको स्तरोन्नतिको जिम्मा कोशी एण्ड न्यौपाने सर्व उद्दार जेभी, […]

Continue Reading

विश्वकर्माहरुको मुख्य आरन चलाउने पेशा लोप हुँदै

श्रीती खड्का भक्तपुर, १० साउन समाजमा विश्वकर्माहरुको प्राचीन आरन चलाउने पेशा बिस्तारै लोप हुने अवस्थामा पुगेको छ । पुख्र्यौली रुपमा आरन चलाउने कार्य गर्दै आएका विश्वकर्माहरुले हाल उक्त पेशा लोप हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नयाँ युवा पिढी यस पेशातर्फ आकर्षित नभएको र पुराना व्यवसायीहरु बृद्ध भएसँगै घनले फलाम पिट्न नसक्ने हँुदा […]

Continue Reading

सुडालका बासिन्दा दुषित पानी पिउन बाध्य

श्रीती खड्का भक्तपुर, १० साउन चाँगुनारायण नगरपालिका वडा नं. ८ स्थित सुडालमा रहेका खानेपानीका मुहान तथा पानी जम्मा गरिने ट्यांकी वरिपरि सरसफाइको कमीले स्थानीयहरु दुषित पानी पिउन बाध्य छन् । बर्खा याममा खानेपानीको मुहान वरपर बग्ने भलको व्यवस्थापन नहुँदा भेल सोभैm मुहान भित्र पस्ने गरेको स्थानीयहरु बताउँछन् । जसले गर्दा खानेपानी उपभोक्ताहरु बिभिन्न रोगको जोखिममा […]

Continue Reading

सामाजिक सञ्जालको प्रयोग बढ्दो

मुना मुसिख्वाल भक्तपुर, ९ साउन आजकल सामाजिक सञ्जाल प्रयोगकर्ताको सङख्या बढ्दै गएको छ । बच्चादेखि बृद्धसम्म यसको लत लागिसकेको छ । सामाजिक सञ्जाल मार्पmत नै समाजमा विभिन्न अपराधिक कार्यहरु बढेको छ । समाजमा नयाँ नयाँ तरिकाका घटनाहरु बढन थालेका छन् । सामाजिक सञ्जालको सकारात्मक प्रयोग हुदाहुदै पनि यसको दुरुपयोग हुन थालेकाले यसलाई विभिन्न देशमा प्रतिबन्धित […]

Continue Reading

७ दिने बृहत निःशुल्क योग शिविर उदघाटन

मुना मुसिख्वाल भक्तपुर, ९ साउन सूर्यविनायक ९ साउन योग गरौ स्वास्थ्य बनौ भन्ने नाराका साथ सूर्यविनायक न.पा. वडा नं.७ मा साउन ८ गते योग शिविरको उद्घाटन प्रतिनिधि सभा सदस्य पुर्वमन्त्री महेश बस्नेत ज्यूद्धारा उदघाटन भएको छ । योग सूर्यविनायक वडा नं. ७ अवस्थित गुण्डु स्वास्थ्य चौकीको हलमा विहान ५ देखि ८ बजेसम्म सञ्चालन हुनेछ । […]

Continue Reading