उद्योग वाणिज्य संघ इटहरीको पदस्थापना सम्पन्न

सुनसरी,२ साउन उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले विहिबार एक कार्यक्रम बिच उनीहरुलाई पदास्थापना गराएकी हुन् । नवनिर्वाचित अध्यक्ष भिम पौडेल सहितका निर्वाचितहरुलाई पदस्थापना गराईएको हो । शैलेस विष्टको समुहलाई हराउँदै भिम पौडेलको समुह निर्वाचित भएको थियो । अध्यक्ष सहित १७ सदस्यका लागि भएको निर्वाचनमा विष्ट समुहका उमेश दाहाल मात्रै विजयी भएका थिए । वस्तुगत […]

Continue Reading

सिभिल बैंकको ९६ शाखा कोहलपुरमा विस्तार

बाँके,२ असार बाँकेको कोहलपुरमा सिभिल बैंकको ९६ औं शाखा विस्तार गरिएको छ । विहिवार कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले शाखाको उद्घाटन शाखा विस्तार गरेका हुन् । बाँकेपछि दोस्रो ठुलो शहर मानिने कोहलपुरमा सिभिल बैंक सँगै वित्तिय कारोकारो गर्ने संस्थाको संख्या ३१ पुगेको छ । बैंक उद्घाटन कार्यक्रममा बोल्दै बैंकलाई पहुँच नभएकाको सारथी वन्न उत्पादनमुलकमा […]

Continue Reading

सवारी कारवाहिबाट सल्यानमा ५६ लाख राजस्व संकलन

सल्यान २, साउन सल्यानमा ट्राफिक प्रहरीले ५६ लाख ५५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा अघिल्लो वर्षको तुलनामा एक लाख ७५ हजार बढि राजस्व संकलन गरेको हो । नियम विपरित संचालन हुने सवारि साधनलाई कारवाहि गर्दा ५६ लाख ५५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक […]

Continue Reading

लक्ष्यअनुसार राजविराज भन्सारको राजस्व संकलन गर्न सकेन

राजविराज,२ असार राजविराज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७५/७६ को १२ महीनामा लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन । यो भन्सारलाई ८ करोड ६९ लाख ३७ हजार रुपैयाँको लक्ष्य दिइएकोमा ७ करोड ९७ लाख ३४ हजार ९ सय ३३ रुपैयाँ संकलन भएको राजविराज भन्सार कार्यालयको प्रमुख अभिषेक कण्ठले बताए । संकलित राजस्वमध्ये भन्सार महशुल आयात […]

Continue Reading

चितवनमा १५ प्रतिशतभन्दा बढी बजेट फ्रिज असार महिनामा मात्रै झण्डै दुई अर्ब निकासा

चितवन, २ साउन चितवन जिल्लामा आर्थिक वर्ष ०७५/०७६मा १५ प्रतिशतभन्दा बढी बजेट फ्रिज भएको छ । जिल्लामा संघीय सरकार र केन्द्रीय सरकारले विनियोजन गरेको रकममध्ये १५ दशमलव १६ प्रतिशत बजेट खर्च हुन नसकेको हो । कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाको समग्र बजेट खर्चको विवरण सार्वजनिक गरेको थियो । […]

Continue Reading

भक्तपुरको ब्रम्हायणी परिसरमा सरसफाई तथा वृक्षारोपण

भक्तपुर, २ साउन भक्तपुर नगरपालिकाको पाक्षिक नियमित सरसफाई अन्तर्गत नपाका जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी, टीम–क्लब, विभिन्न विद्यालय लगायतको सकृय सहभागितामा ब्रम्हायणी परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा भनपा वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यलेभक्तपुर ऐतिहासिक र साँस्कृतिक पहिचान बोकेको सहर भएको र सरसफाइमा पनि नमूनाको रुपमा अगाडि बढिरहेको बताए ।

Continue Reading

भक्तपुरको बालबिकास इ.से. स्कुलका विद्यार्थीहरु जुजु धौ बनाउने कला सिक्दै

अनुषा भैनात्व भक्तपुर, २ साउन भक्तपुर  नगरपालिकाको  वडा नं. ८ लिवालीमा रहेको बाल विकास ई.से. स्कूलले आफनो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई भक्तपुरको ’जुजु धौ’ बनाऊने प्रशिक्षण  दिएको छ । भक्तपुर नगरपालीकाले हालेै  लागु गरेको पाठ्क्रम अन्तर्गत सो विद्यालयले आफना विद्यार्थीहरुलाई उच्चस्तरको ’जुजु धौ’ बनाउने प्रयोगात्मक प्रशिक्षण कक्षा सञ्चालन गरेको हो । उनीहरु आफैंले जुजु धोै बनाउने […]

Continue Reading

काष्ठकलाको माग बढ्दै

रोसना लैबा भक्तपुर,२ साउन पर्यटकीय क्षेत्र भक्तपुरमा काष्ठकलाको माग बद्दै गएको छ । बिभिन्न मठमन्दिर मात्र नभई सजावतका लागी पनि काष्ठकलाको माग बद्दै गएको छ । यी काष्ठकलाले हाम्रो परम्परागत शैलीलाई दर्शाउन्छ । वैदेसिक तथा आन्तरीक पर्यटकहरु खास गरी नेपालका कला र संस्कृति अवलोकन गर्न आउँछन् । यस्ता काष्ठकलाले पर्यटकलाई आकर्षित बनाउँछ । काष्ठकला मुख्यत […]

Continue Reading

इँटाभट्टाका धुवाँले सुडालमा वातावरण प्रदूषण

सुजना कार्की भक्तपुर, २ साउन भक्तपुर जिल्ला सुडालमा सञ्चालित इँटाभट्टाको कालो धुवाँले पछिल्लो समयमा यहाँको प्रदूषण अत्यधिक बढेको छ । प्रदूषण बढदा सुडालमा विभिन्न रोगका बिरामी समेत बढेका छन् । गोँसा पुलदेखि सुडालसम्म सञ्चालित १३ वटा इँटाभट्टाले कालो धुवाँ फाल्दा यहाँको वातावरणमा नकारात्मक असर गरेको छ । प्रदूषणका कारण तरकारीलगायत नगदे बालीले उत्पादनमा समेत निकै […]

Continue Reading

सुडालका दुई निजी विद्यालय एक

सुजना कार्की भक्तपुर, २ साउन चाँगुनारायण नगरपालिका वढा नम्बर ८ सुडालमा रहेका दुई निजी विद्यालय एक भएका छन् । आरक्षण नेशनल एकेडेमीको तेस्रो वार्षिकोत्सब तथा अभिभावक दिवसका दिन हिम भानु इङलिस स्कुल र आरक्षण एक भएका हुन् । कार्यक्रममा हिम भानुका केही शिक्षक शिक्षिका पनि उपस्थित थिए । कार्यक्रममा विद्यार्थीहरुले कला देखाउनुका साथै उनीहरुलाई पुरस्कृत […]

Continue Reading