कन्काई नपाका प्रमुख राजेन्द्र पोखरेल भक्तपुर नगरपालिकामा 

भक्तपुर, १५ साउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग बुधबार झापा जिल्ला कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले भेट गरे । भेटका क्रममा दुई नगरपालिकाका प्रमुख बीच नगरपालिका सञ्चालन, नगरपालिकाको आगामी योजनालगायत विभिन्न विषयमा अनुभव कुराकानी आदानप्रदान गरे । भेटमा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको स्वामित्वमा ७ वटा कलेज र एउटा माध्यमीक विद्यालय सञ्चालन भइरहेको जानकारी […]

Continue Reading

गाँठेमंगल पर्व

जमुना अधिकारी भक्तपुर,१५ साउन प्राचिनकाल देखि नै उपत्यकाका नेवार जातिले साउन कृष्णपक्ष तृतियाका दिन तन्त्रमन्त्र र भुतप्रेतबाट बच्न गाँठेमंगल मनाउदै आएका छन् । चा.न.पा. ५ भक्तपुर निवासी राजकुमार त्यातका अनुसार घण्टाकर्ण भन्ने भिमकाय राक्षसको अन्त्य भएको दिनको रुपमा यो पर्व मनाइने जानकारी दिए । आजबाट राक्षसको अन्त्य भएको र देवताको उदय हुने जनविश्वास रहेको कुरा […]

Continue Reading

नेवार समुदायकाे माैलिक पर्व गठामुग (घण्टाकर्ण) मनाइँदै

भक्तपुर,१४ साउन प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामुग (घण्टाकर्ण) पर्व आज मंगलबार मनाइँदैछ । घण्टाकर्ण पर्वलाई काठमाडौं उपत्यकाका नेवार समुदायले भने गठा  मुग पर्वका रुपमा मनाउने गर्दछन् ।परापूर्व कालमा दोबाटो चौवाटोमा बसेर जे पायो त्यही खाने र बाटो हिड्ने मानिससित जगात पैसा उठाई दुःख दिने घण्टाकर्ण गठा मुग नाम गरेको राक्षस मारिएको दिन […]

Continue Reading

शिशुस्याहारका शिक्षिकाहरूलाई पुनर्ताजगी तालिम

भक्तपुर, १३ साउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित शिशुस्याहारका शिक्षिकाहरूलाई जनताको विश्वास कायम गर्ने ढंगले काम गर्न प्रेरित गरे । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ६ वटा शिशुस्याहारका शिक्षिकाहरूको पुनर्ताजगी तालिमको आइतबार उद्घाटन समारोहमा बोल्दै प्रमुख प्रजापतिले शिशुहरूलाई असल संस्कार दिनुपर्ने र शिशुहरूको नराम्रो र अवाञ्छित क्रियाकलापमा नियन्त्रण गर्नुपर्ने बताए । उनले नगरपालिकाद्वारा सञ्चालित शिशुस्याहारलाई […]

Continue Reading

ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

भक्तपुर, १३ साउन भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको विभिन्न संकायमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई आइतबार छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीको शैक्षिक क्षमता र पारिवारिक आर्थिक स्थितिलाई मध्यनजर गरी कलेज व्यवस्थापन समितिले छात्रवृत्तिको व्यवस्थापन गरेको […]

Continue Reading

भक्तपुर नगरपालिकामा ग्लोबल पाठशालाका विद्यार्थीहरुको अध्ययन–अवलोकन भ्रमण

भक्तपुर, १३ साउन भक्तपुर नगरपालिकामा आइतबार कौशलटारमा अवस्थित ग्लोबल पाठशालामा कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरुले अध्ययन अवलोकन भ्रमण ग¥यो । अवलोकनका क्रममा विद्यार्थीहरूले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीसँग अन्तरक्रिया गरे । प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुलाई नगरपालिकामा स्वागत गर्दै भक्तपुर नगरपालिका भक्तपुरबासीहरुको नजिकको सरकार भएको र जनताको समस्या सम्बोधन गर्न […]

Continue Reading

सामाजकि बिकास र महिला हिंसा

श्रीती खड्का भक्तपुर, १३ साउन नेपाली समाज पुरुषबादी समाज हो । यहाँ हरेक क्षेत्रमा महिला माथि गरीने भेदभाब कायम नै छ । केही सिमित शहरी क्षेत्रमा बाहेक अझैपनि अधिकांश क्षेत्रमा नारीहरु शोषित भएर बाँच्न बाध्य छन् । नारीमाथि हरेक दिन दमन, शोषण र पिडादायक यातनाहरु दिईन्छ । यहाँ महिला वर्गलाई तल्लो स्थानमा राखि पुरुषलाई माथिल्लो […]

Continue Reading

लेखक, कवि र कलाकारहरूको भेला

भक्तपुर, १२ साउन भक्तपुर नगरपालिकाले आउन लागेको गाईजात्रा पर्व (सापारू) मा जनचेतनामूलक गीत, ख्याल, नाटक लेखन तयार गर्ने उद्देश्यले लेखक, कवि र कलाकारहरूको भेला शनिबार आयोजना ग¥यो । आदर्शोन्मुख समाज स्थापनामा प्रगतिशील कवि, लेखक र कलाकारहरूको महत्वपूर्ण देन हुने उद्देश्यले आयोजित सो भेलामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले सामन्ती समाजमा साहित्यलाई राजनीतिक हतियारको रूपमा […]

Continue Reading

हातमा सीप भएको व्यक्ति कहिल्यै भोको बस्नुपर्नेछैन – प्रमुख प्रजापति

भक्तपुर,१२ साउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भक्तपुर हस्तकला संघद्वारा शनिबार आयोजित १५ दिने निःशुल्क छ्वालीकला तालिमको समापन, सम्मान तथा एकदिने हस्तकला प्रर्दशनी कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले हातमा सीप भएको व्यक्ति कहिल्यै भोको बस्न नपर्ने र भक्तपुर नगरपालिकाले नगरका युवाहरुको हातमा सीप दिन विभिन्न तालिमहरु सञ्चालन गरिरहेको बताए । […]

Continue Reading

ख्वप कलेजमा शिक्षक तथा कर्मचारी भेला

भक्तपुर, १२ साउन   ख्वप मावि तथा शारदा क्याम्पस माविमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको भेला नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो । भेलामा अध्यक्ष बिजुक्छेले शिक्षकहरूले विद्यार्थीहरूको पारिवारिक र व्यक्तिगत तहसम्म जानकारी राख्नुपर्ने आवश्यकता औल्याउँदै पढाउने पाठको तयारी गरेरमात्र कक्षा लिन शिक्षकहरूलाई सुझाव दिए । ‘जीवनमा राम्रो […]

Continue Reading