भक्तपुरमा परम्परागत बाद्यबादन बजाउने प्रचलन घट्दो

कला/साहित्य पर्यटन समाचार

श्रीती खड्का
भक्तपुर, १० साउन


उपत्यकाका प्रमुख तीन शहरमध्ये भक्तपुरलाई बिभिन्न सम्पदा र संस्कृति संरक्षित थलोको रुपमा चिनिन्छ । तर हालको परिप्रेक्ष्यमा भक्तपुरका स्थानीय बासिन्दाहरुको जीवनशैलिमा आएको परिवर्तन एवं आर्थिक परिवर्तनसँगै कतिपय संस्कृति क्षीण बन्दै गएका छन् । पहिले पहिले सामाजिक अंगको रुपमा रहेका बिभिन्न भजन दाफाहरुमा नयाँ पुस्ताहरुको आकर्षण घट्दो छ । जीवनशैलीमा आएको प्रत्यक्ष परिवर्तनसँगै मानिसहरुको व्यस्तता क्षेत्र अन्यत्र मोडिएको छ । मानिसहरुको सामाजअनुसारका मञ्चहरु बदलिँदै गइरहेका छन् । मनोरञ्जनको शैलीमा आएको परिवर्तनका साथै प्राबिधिक क्षेत्रमा भएका आविष्कारहरुले गर्दा युवाहरुको ध्यान परम्परागत बाद्यबादनतर्पm कम हुँदै गइरहेको पनि देख्न सकिन्छ ।
भक्तपुरमा बिभिन्न बाद्यबादन प्रयोग हुने गर्दछन् । यसमा पोख्त बुढापाकाहरु शारीरिक एवं मानसिक रुपमा कमजोर बन्दै गएका छन् । बाद्यबादन बजाउन जान्ने युवाहरु कम हुनुमा उनीहरुलाई सांस्कृतिक क्रियाकलापमा धाउने फुर्सद नहुनु वा चाहना कम हुनुले एउटा मुख्य अंशः बाद्यबादन नै हराउँदै जाने खतरा उत्तिकै छ । हिजोआज परम्परागत बाजाको प्रशिक्षण दिने कार्य हराउँदै गएको छ । लालाखि, तँ, पञ्चेबाजा जस्ता बाद्यबादन बजाउने मानिसहरु सीमित मात्रामा छन् । केही स्थानीय संस्थाहरुले व्यावसायिक बाद्यबादन प्रशिक्षण चलाएका भएपनि ती केवल बाँसुरी र धिमेबाजामा मात्र केन्द्रित छन् ।
संस्कृतिको मुख्य आधार भन्नु नै समाजको सामाजिक मूल्य मान्यता, रहनसहन एवं समाजको आर्थिक सम्बन्ध नै हो । यिनै बिबिध सम्बन्धमा आउने परिवर्तनले संस्कृतिमा पनि परिवर्तन आउनु स्वाभाबिक नै हो । तर संस्कृति संवद्र्धन हाम्रो सभ्यतासँग पनि सम्बन्धित बिषय भएकाले समयानुसार संस्कृति मनाउने चलनमा परिवर्तन भएपनि संस्कृतिको मौलिकता संरक्षण गर्नु नितान्त आवश्यक छ । यसका लागि परम्परागत तरीकालाई समयानुकुल परिवर्तन गर्नुपर्दछ । साथै नयाँ पिढीलाई सँगै समेट्दै लानुपर्ने चुनौती बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *