सुडालका बासिन्दा दुषित पानी पिउन बाध्य

समाचार स्वास्थ्य

श्रीती खड्का
भक्तपुर, १० साउन


चाँगुनारायण नगरपालिका वडा नं. ८ स्थित सुडालमा रहेका खानेपानीका मुहान तथा पानी जम्मा गरिने ट्यांकी वरिपरि सरसफाइको कमीले स्थानीयहरु दुषित पानी पिउन बाध्य छन् । बर्खा याममा खानेपानीको मुहान वरपर बग्ने भलको व्यवस्थापन नहुँदा भेल सोभैm मुहान भित्र पस्ने गरेको स्थानीयहरु बताउँछन् । जसले गर्दा खानेपानी उपभोक्ताहरु बिभिन्न रोगको जोखिममा रहेका छन् । खानेपानीको मुहान वरपरको ढल ब्यवस्थापनका साथै खानेपानीको स्रोतको वरिपरिको वातावरण स्वच्छ र सुन्दर बनाउनुपर्ने स्थानीय बुद्धिजीवीहरु बताउँछन् ।
यसबाहेक खानेपानीको ट्यांकी वरिपरि पनि अत्यन्त फोहर हुने गरेको उपभोक्ताहरु बताउँछन् । खानेपानीको ट्यांकी रहेकै ठाउँ भएर त्यस स्थान वरपर पालिएको गाईबस्तुको मलमुत्र बग्ने भएको कारण खानेपानी नै दुर्गन्धित हुने गुनासो रहेको छ । धारोमा पाइपबाट निकालिएको पानीसँगै धेरै किसिमका फोहर एवं किराहरु निस्कने गरेकाले पानी छानेर थाप्नुपर्ने बाध्यता रहिआएको छ । खानेपानीको ट्यांकी समयमा सरसफाइ गर्न नसक्दा भित्र फोहोरको लेदो जम्मा भएको प्रष्टै देख्न सकिन्छ ।
खानेपानीको व्यवस्थापनका निमित्त गठन गरिएको समितिले जनअपेक्षा अनुरुप काम गर्न नसकेको र समुदायका मानिसहरुको स्वास्थ्यसँग खेलवाड गरेको स्थानीयको आरोप छ । तर समितिका अध्यक्ष लेखनाथ तिमल्सिनाले उक्त आरोपको खण्डन गर्दै हाल देखिएका समस्याहरुको दिगो समाधान खोज्दै समुदायमा स्वच्छ खानेपानी पु¥याउनका लागि दीर्घकालीन योजना निर्माणको तयारी भइरहेको र समुदायमा दुषित खानेपानीको समस्या छिट्टै अन्त्य हुनेमा बिश्वस्त रहन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *