सडक निर्माण कार्य ढिलाइ हुँदा स्थानीय सास्ति बेहोर्न बाध्य

अर्थ/वाणिज्य पर्यटन समाचार

श्रीती खड्का 
भक्तपुर, १० साउन


भक्तपुर जिल्ला स्थित चाँगुनारायण न.पा. को च्याम्हासिंहदेखि सुडाल हूँदै कलमसी जाने बाटो निर्माणको कार्य ठेकेदार कम्पनीले समयमै पूरा गर्न नसक्दा स्थानीयबासीहरु मर्कामा परेका छन् । भक्तपुरबाट नगरकोटसम्म पुग्ने छोटो मार्गका रुपमा रहेको गोसपुल बिडोलफाँट सुडाल कलमसी नगरकोटसम्मको ७ दशमलव ३२० कि.मी सडकको स्तरोन्नतिको जिम्मा कोशी एण्ड न्यौपाने सर्व उद्दार जेभी, नयाँ बानेश्वरलाई दिइएको थियो । सडक निर्माणको सम्झौता २०७४ साल ११ महिना २१ गते सम्पन्न भएको थियो । जसको कार्यअवधि २० महिना अर्थात कार्य सम्पन्न गर्नुपर्ने मिति २०७६ साल ०७ महिना २० गते रहेकोमा हालसम्म नाली निर्माणको काम समेत पूरा हुन नसक्दा बर्षाको समयमा आउने पानिले बाटोमा हिडिनसक्नु हने स्थानीयको गुनासो रहेको छ । धेरै पानि परेको समयमा सवारीसाधन धेरै माथिसम्म जान नसक्ने हँुदा हिँडेरै यात्रा गर्न स्थानीय बाध्य छन् ।
सडक निर्माणका लागि भन्दै पहिले दायाँबायाँ दुबैतर्पm डोजर प्रयोग गरी बाटो बढाउने काम भएको थियो । तत्पश्चात् बाटोको काम निरन्तर अगाडि बढ्नुपर्नेमा कहिले कुन कहिले कुन बाहाना देखाउँदै कार्यमा ढिलाई भइरहेको स्थानीय बुद्धिजीवी बताउँछन् । बाटोको काम बीचमा यसरी अलपत्र छोडिँदा स्थानीय बस सेवा अवरुद्ध भइरहेको छ । जसका कारण प्रत्यक्षरुपमा बिहान एवं दिउँसो स्कूल तथा कलेज पढ्नका लागि बस प्रयोग गरेर शैक्षिक संस्था जाने बिद्यार्थीहरु परेका छन् । यसका साथै बाटोको स्थिति बिग्रँदा एम्बुलेन्स सेवा सञ्चालन गर्न कठिनाइ हुँदा बिरामीहरुलाई अस्पताल लैजान समेत सास्ति भइरहेको छ । “हिउँदमा धूलोले बसिनसक्नु हुन्छ त बर्षामा हिलोले कतै हिड्न नसकिने हुन्छ । बाटोको अवस्था पहिले भन्दा झन धेरै नाजुक छ”, एक स्थानीयले बताए । “हामीले खेतबारीमा उब्जाएको तरकारी बजारसम्म पु¥याउन पनि हामीलाई हम्मेहम्मे पर्ने गरेको छ ।” बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर खड्काले, बाटोको स्तरोन्नतिका लागि छुट्याइएको बजेट समयमै निकास नहुँदा काम राम्ररी अघि बढाउन नसकिएको बताए । साथै अब बजेट सम्बन्धी समस्या हल भइसकेकाले अब बाटो निर्माणको कार्य द्रुत रुपमा अगाडि बढ्नेमा बिश्वस्त हुन सबैलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *