काष्ठकलाको माग बढ्दै

कला/साहित्य विशेष समाचार समाचार

रोसना लैबा
भक्तपुर,२ साउन


पर्यटकीय क्षेत्र भक्तपुरमा काष्ठकलाको माग बद्दै गएको छ । बिभिन्न मठमन्दिर मात्र नभई सजावतका लागी पनि काष्ठकलाको माग बद्दै गएको छ ।


यी काष्ठकलाले हाम्रो परम्परागत शैलीलाई दर्शाउन्छ । वैदेसिक तथा आन्तरीक पर्यटकहरु खास गरी नेपालका कला र संस्कृति अवलोकन गर्न आउँछन् । यस्ता काष्ठकलाले पर्यटकलाई आकर्षित बनाउँछ । काष्ठकला मुख्यत भक्तपुरमा प्रख्यात छ । यस पेशामा सम्लग्न हुनेलाई शिल्पकार भनिन्छ । हाल बानेश्वरमा बस्नुहुने स्याम सुन्दर शील्पकार काष्ठकलामा संलग्न छन् । उनका अनुसार शिल्पकारको पेशा भनेको नै बाल्यकाल देखी बाऊ बाजेबाट सिकेको कला हो । उनले विभिन्न मठमन्दिर, होटलमा काष्ठकलाको काम गरेको छ । उनले मनकामना मन्दिरको पुनः निर्माण कार्यमा संलग्न भएका थिए । उनी मन्दिर मात्र नभई होटल, घर आदिमा काठमा बुट्टा कोर्ने काम गर्नु हुन्छ । यो कला व्यावसायीक क्षेत्रमा पनि सकृय भएकाले उनले अडर अनुसार सजाउन सानो लीपीमा विभिन्न झयालहरु बनाउन थालेको बताए । उनले बनाउने मुख्य झयाल भनेको ३ मुखे र ५ मुखे कोस्व झ्यो , कुमारी झ्यो हो । उनले सजाउन ठिक्क साइजको झ्याल बनाई पसलमा बेच्छन् र ती झ्यालहरु पर्यटक र नेपालीलाई बेच्छन् ।

बाउ बाजेको परम्परागत पेशालाई अपनाउदै दिनेश शिल्पकार पनि काष्ठकलाका माध्यमले आफ्नो जीवीका पार्जन गर्दै छन् । बनाउन समय लाग्ने र त्यस कारण महँगो हुने बताउनु हुन्छ शिल्पकार दिनेश । काठमा बिभिन्न आकारमा कुदिएको झ्याल, ढोका, मूूूूर्ति आदिको माग बढेको बताउनुहुन्छ व्यापारी पुुुरुषेतम कायष्ठ । हातले कुदेको काष्ठकलाको माग बढ्दै गएको व्यापारी बताउँछन् । काष्ठकलाले ईतिहास झल्काउने र बढी मल्लकालीन समयको काष्ठकला प्रयोग भएको देखिन्छ । घरघरमा र मठमन्दिरमा सजाउन र आकर्षित देखाउन काष्ठकलाको प्रयोग गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *