पर्किङ निषेधित क्षेत्रमा पार्किङ

सुजना कार्की भक्तपुर, २ साउन उपत्यकाको भक्तपुर विश्वसम्पदा सुचीमा सुचिकृत सम्पदाहरु छन् । बिगत केही वर्ष यता यस्ता क्षेत्रहरु नजिक पार्किङ निषेध गरेतापनि लागू भएको छैन । नो पार्किङ लेखिएको बोर्ड टासिएको स्थानमा पनि सवारीसाधन पार्किङ गरिने गरेको छ । पार्किङ मनाई क्षेत्रमा जथाभावी पार्किङ गर्दा स्थानीय साथै घुम्ने आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पनि […]

Continue Reading

राधाकृष्ण मन्दिर निर्माण सुरु

सरिता गिरी भक्तपुर, २ साउन सूर्यविनायक नगरपालिका वडा नं. ५ कोलडाँडामा रहेको राधाकृष्ण मन्दिर निर्माण सुरु भएको छ । चालू आ.व. मा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य प्रारम्भ भएको छ । प्रदेश नं. ३ का प्रदेश सदस्य रजनी जोन्छेको पहलमा प्रदेश नं. ३ भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विनियोजित रु. ५० लाखको लागतमा मन्दिर […]

Continue Reading

चाँगुनारायण साहित्यिक समाजको आठौं नियमित श्रृंखला सम्पन

सरिता गिरी भक्तपुर, २ साउन चाँगुनारायण साहित्यिक समाजको आठौं नियमित साहित्यिक भेला औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको समाकक्षमा सम्पन्न भएको छ । समाजका अध्यक्ष लालबहादुर भुजेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सदस्य बसन्ती भुजेलले सञ्चालन गरिन् । सो कार्यक्रमलाई स्वागत गर्दै सचिव बाबुकाजी सुवालले साहित्य समाज परिवर्तन गर्नका लागि लेखिने भनिए पनि यस्ता साहित्यिक कार्यक्रममा सुन्ने र सुनाउने […]

Continue Reading

तरकारी व्यवसायबाट मनग्य आम्दानी

सरिता गिरी भक्तपुर, २ साउन भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ्गमा व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी हुने गरेको छ । बेमौसमी तरकारी खेती गर्दै आइरहेका छालिङ्गका स्थानीय बासिन्दा जेठ महिनामा व्यापार राम्रो हुने र मनग्य आम्दानी गर्न सकिने बताउँछन् । तरकारी व्यवसाय गर्दै आएकी स्थानीय सुमित्रा खड्काले आफ्नो खेतबारीमा बोडी, भान्टा, गोलभेडा, फर्सीलगायतका तरकारी […]

Continue Reading

माटोको भाँडाकुँडा बनाउने कमी

सुजना कार्की भक्तपुर, २ साउन कुनै समय भक्तपुरमा माटाको भाँडा बनाउने भ्याइनभ्याइ हुने ठाउँमा अहिले पेशानै लोप हुन थालेको छ । माटोका भाँडा बनाउँदै आएका भक्तपुरका प्रजापतिहरुको पेशा अहिले संकटमा परेको छ । माटोको भाँडाहरुको मागमा कमी भएको छ । आधुनिकतासँगै प्लास्तिकका नयाँ नयाँ सामानहरु आएपछि माटोका भाँडाको मागमा कमी आएर माटोका भाँडाहरु बनाउन कम […]

Continue Reading

पानीघट्ट अझै लोकप्रिय

सुनिता खड्का भक्तपुर, २ साउन प्रविधिको विकाससँगै आधुनिक घट्ट प्रयोगमा आएपनि परम्परागत पानीघट्टको प्रयोग घटेको छैन । बिजुलीबत्ती पुगेका जिल्लाका अघिकांश स्थानमा पानीबाट चल्ने घट्ट विस्थापित भएका छन् । तर बिजुली नपुगेका ठाउँमा अझै परम्परागत पानीघट्ट लोकप्रिय छन् । रुविभ्याली गाउँपालिका स्थित लिप्ल्ङिकी सर्जुमाया तामाङ घट्ट चलाएर गुजारा चलाउने गर्छिन् । हाम्रो जस्तो बिजुलीबत्ती नपुगेको […]

Continue Reading

स्वास्थ्य बीमा गर्न मानिसको संख्या बढ्दै

सुनिता खड्का भक्तपुर, २ साउन चाँगुनारायण नगरपालिका–५ मा स्वास्थ्य बीमा गर्ने मानिसको लहर चालेको छ । मानिसहरु आजभोलि आफ्नो परिवार र भविष्यप्रति चिन्तित देखिन्छन् । जसले गर्दा मानिसहरु आफू र आफ्नो परिवारको सुन्दर भविष्यको लागि जोखिम कम गर्न बीमा एक उत्तम उपायको रूपमा रहेको छ । यस कारणले आजभोलि चाँगु न.पा.मा स्वास्थ्य बीमा गर्न मानिसको […]

Continue Reading

साउन महिनामा हरियो पहेलो चुराको फेशन

सुनिता खड्का भक्तपुर, २ साउन साउन महिनाको आगमनसँगै हरियो पहेलो चुरा र पोतेको व्यापार बढेको छ । यो महिनामा अन्य श्रृंगारिक सामानभन्दा हरियो पहेलो र पोतेका व्यापार हुने गरेको व्यापारी बताउँछन् । विवाहित महिलादेखि अविवाहित युवतीहरुको हातमा टम्म हरियो पहेलो चुरा देखिन्छ । भक्तपुरको बजारमा भेट भएको अनिता ढकाल हातमा टम्म हरियो चुरा पहेलो चुरा […]

Continue Reading