लक्ष्यअनुसार राजविराज भन्सारको राजस्व संकलन गर्न सकेन

अर्थ/वाणिज्य समाचार

राजविराज,२ असार


राजविराज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७५/७६ को १२ महीनामा लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन । यो भन्सारलाई ८ करोड ६९ लाख ३७ हजार रुपैयाँको लक्ष्य दिइएकोमा ७ करोड ९७ लाख ३४ हजार ९ सय ३३ रुपैयाँ संकलन भएको राजविराज भन्सार कार्यालयको प्रमुख अभिषेक कण्ठले बताए । संकलित राजस्वमध्ये भन्सार महशुल आयात तर्फ ४ करोड २८ लाख ५ हजार ९ सय ९ रुपैयाँ संकलन भएको छ । कृषि सुधार शुल्क तर्फ २९ लाख ९० हजार ५ सय रुपैयाँ उठेको कण्ठले जानकारी दिए । भन्सार सेबा दस्तुर १७ लाख, मूल्य अभिब्रिधि कर २ करोड ८५ लाख ५३ हजार १ सय ९५ रुपैया असुली भएको भन्सारको तथ्यांक छ । खुलानाका को कारणले राजस्व लक्ष्यभन्दा कमि आएको एस तर्फ सरकार को धयान दिन जरुरी रहेको नागरिक संजाल सप्तरी का अध्यक्ष सुखराम यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *