सुडालका दुई निजी विद्यालय एक

शिक्षा समाचार

सुजना कार्की
भक्तपुर, २ साउन


चाँगुनारायण नगरपालिका वढा नम्बर ८ सुडालमा रहेका दुई निजी विद्यालय एक भएका छन् । आरक्षण नेशनल एकेडेमीको तेस्रो वार्षिकोत्सब तथा अभिभावक दिवसका दिन हिम भानु इङलिस स्कुल र आरक्षण एक भएका हुन् । कार्यक्रममा हिम भानुका केही शिक्षक शिक्षिका पनि उपस्थित थिए ।
कार्यक्रममा विद्यार्थीहरुले कला देखाउनुका साथै उनीहरुलाई पुरस्कृत गरिएको थियो । आरक्षण नेशनल ऐकेडेमी बजारमा रहेका विद्यालयहरु भन्दा कम नरहेको र शिक्षा साथसाथै अन्य क्रियाकलापको ज्ञान पनि प्रदान गरिरहेको स्थानीयहरु बताउँछन् ।
अन्य विद्यालयको दाँजोमा आरक्षण उत्कृष्ट रहेको र विद्यार्थीहरुको पढाइमा पनि उन्नति भइरहेको अभिवाकहरु बताउँछन् ।

विगत १२ वर्षदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको हिम भानु र आरक्षणको उद्देश्य केवल शिक्षालाई नै गुणस्तरीय कसरी बनाउने भन्ने भएका कारण नै यी दुई विद्यालयलाई एक बनाइएको हिम भानुका प्रिन्सिपल चन्द्रप्रकाश हेम्बाले बताउँछन् । उनका अनुसार अवका दिनमा छिमेकमा रहेका विद्यालयले अनावश्यक प्रतिस्पर्दा भन्दा मिलेर नै बढी भन्दा बढी सफलता हाँसिल गर्न सक्ने भएकाले अन्य क्षेत्रमा पनि यसै गरी मिल्नु आवश्यक भएको बताए ।

यस्तै आरक्षणकी प्रिन्सिपल शर्मिला खड्काले दुई विद्यालय एक भएपछि अव सुडालमा विद्यालय बीचको अनुत्पादक प्रतिस्पर्धाको अन्त्य भएको बताउँदै अव हाम्रो प्रतिस्पर्धा केवल जिल्लामा अलग एवं पृथक ढंगले शिक्षा कसरी दिन सकिन्छ भन्ने नै रहेको बताए ।
ग्रामीण भेगको विद्यालय भएपनि जिल्लामा आफ्नो प्रतिनिधित्व कसरी बलियो बनाउन सकिन्छ भनी नै दुई छिमेकी एक भएको समेत उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *