सवारी कारवाहिबाट सल्यानमा ५६ लाख राजस्व संकलन

समाचार

सल्यान २, साउन


सल्यानमा ट्राफिक प्रहरीले ५६ लाख ५५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा अघिल्लो वर्षको तुलनामा एक लाख ७५ हजार बढि राजस्व संकलन गरेको हो । नियम विपरित संचालन हुने सवारि साधनलाई कारवाहि गर्दा ५६ लाख ५५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७४/०७५ मा ५४ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रहरी सहायक निरिक्षक जगदिश ऐरले २०७५ साउन देखि २०७६ असार सम्म सबैभन्दा बढि मोटरसाइकल र कम बस कारवाहिमा परेको बताए । मोटरसाइकललाइ कारवाहि गर्दा सबै भन्दा धेरै १९ लाख ९६ हजार ६ सय रुपैयाँ र कम जीप तथा कारलाइ कारवाहि गर्दा एक लाख ४० हजार पाँच सय रुपैँया राजस्व संकलन भएको उनले बताए ।
अघिल्लो आर्थिक वर्ष १० हजार ३ सय सवारिसाधन कारवाहिमा परेकोमा यस आर्थिक बर्षमा ९ हजार ९ सय ५८ यातायातका साधन कारवाहिमा परेका हुन् । उनका अनुसार सबै भन्दा बढि असारमा ११०८ सवारिसाधन कारवाहिमा परेका छन् भने सबैभन्दा बढि राजस्व पुष महिनामा ५ लाख ३७ हजार पाँच सय राजस्व संकलन भएको छ ।
उनले सवारि चलाउँदा मापसे गर्ने १ सय १८ जनालाइ कारवाहि गरिएको बताए । तर कसैको पनि चालक अनुमतीपत्र (लाइसियन्स) प्वाँल नपारिएको उनले बताए । हेल्मेट नलगाउने, अनावश्यक ठाउँमा पार्किङ गर्ने, क्षमताभन्दा धेरै यात्रु तथा सामान बोक्ने, सवारी अनुमतिपत्रबिना गाडी चलाउने सवारी चालक कारबाहीमा परेको उनको भनाइ छ ।
गत साउन देखि असार सम्म १८ जनाले सवारि दुर्घटनामा ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्षमा भने २० जनाले ज्यान गुमाएका थिए । आ.व २०७५/०७६ मा १३ जना पुरुष, ४ जना महिला र १ जना बालकले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
यस आर्थिक वर्षमा दुर्घटना हुने सवारिको संख्यामा भने बृद्धि भएको छ । अघिल्लो आर्थिक बर्षमा ३७ वटा सवारिसाधन दुर्घटनामा परेकोमा २०७५/०७६ मा १०१ सवारि दुर्घटना भएका छन् । ४५ वटा मोटरसाइकल, १९ वटा जीप, १७ वटा ट्रेक्टर, ११ वटा बस र ९ वटा ट्रक दुर्घटना भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *