इँटाभट्टाका धुवाँले सुडालमा वातावरण प्रदूषण

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

सुजना कार्की
भक्तपुर, २ साउन

भक्तपुर जिल्ला सुडालमा सञ्चालित इँटाभट्टाको कालो धुवाँले पछिल्लो समयमा यहाँको प्रदूषण अत्यधिक बढेको छ । प्रदूषण बढदा सुडालमा विभिन्न रोगका बिरामी समेत बढेका छन् । गोँसा पुलदेखि सुडालसम्म सञ्चालित १३ वटा इँटाभट्टाले कालो धुवाँ फाल्दा यहाँको वातावरणमा नकारात्मक असर गरेको छ ।
प्रदूषणका कारण तरकारीलगायत नगदे बालीले उत्पादनमा समेत निकै घटेको छ साथै जमीनको उत्पादकत्वमा पनि कमि आएको छ ।
विहान उठ्दा उक्त धुवाँ गनाउने र धोएर सुकाएको सेता लुगा कालो हुने गरेको गुनासो स्थानीयबासीको गुनासो छ । भूकम्प अघि चिम्नी अग्लो हुँदा प्रदूषण केही घटे पनि भूकम्पपछि भत्किएका सबै इँटाभट्टाको चिम्नी सानो बनाएपछि कालो धुवाँ जमीनको सतहमै फैलिने हुँदा समस्या सिर्जना भएको हो ।

गाउँका वुद्धिजिवी कुबेर खत्री भन्नुहुन्छ, “इँट्टाभट्टाको कालो धुवाँले श्वास फेर्ने गाह्रो भएको र इँटाभट्टाले कोइला हाल्दा सीधै कोइला बलेको गन्ध आउँदा गाउँमा बिरामी बढेको छ ।”
हाम्रो युवा समाज सामाजिक संस्थाका सदस्य सुशील खत्रीले इँटाभट्टाको धुवाँले वृद्ध लगायत बच्चाहरुलाई समेत नकारात्मक प्रभाव पार्ने कुरा बताए । गाउँका महिलाहरुले इँटाभट्टाको धुवाँले वस्तुभावलाई खुवाउने घाँसपातमा समेत कालो लेदो जम्ने गरेको घाँसपात लिन टाढा जानू परेको गुनासो गर्छन् ।
सुडाल स्वास्थ्य चौकीका अनुसार धुवाँकै कारण छाती दुख्ने, दम बढ्ने, नियमित खोकी लाग्ने, टाउको दुख्ने क्यान्सर हुने जस्ता रोग लाग्ने बताएको छ ।
भक्तपुर इँटा व्यपसायी सङ्घका अध्यक्ष नातीभाइ हेम्बाले घरेलुमा दर्ता भएर नियम रुपमा सञ्चालित इँटाभट्टाले कालो धुवाँ नफाल्ने गरेको दाबी गरे । इँटाभट्टाले सबै मापदण्ड पूरा गरी धुवाँ प्रशोधनको लागि नयाँ प्रविधिको प्रयोग गरी धुवाँ फालेको कुरा बताए ।
इँटाभट्टाको अनुगमन गर्ने निकायमा बारम्बार उजुरी गर्दा पनि जिल्ला घरेलु तथा साना उद्योग कार्यालय एवम् सम्बन्धित नगरपालिकाले यसबारेमा कुनै चासो नदिएको स्थानीयवासीको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *