भक्तपुर, २ साउन
भक्तपुर नगरपालिकाको पाक्षिक नियमित सरसफाई अन्तर्गत नपाका जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी, टीम–क्लब, विभिन्न विद्यालय लगायतको सकृय सहभागितामा ब्रम्हायणी परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भनपा वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यलेभक्तपुर ऐतिहासिक र साँस्कृतिक पहिचान बोकेको सहर भएको र सरसफाइमा पनि नमूनाको रुपमा अगाडि बढिरहेको बताए ।